logo

२०८३ साउन १५ शुक्रबार

“हाम्रो बचत, हाम्रै लगानी” को मूलमन्त्रसहित सर्वहित बचत तथा ऋण सहकारीको १५औँ वार्षिकोत्सव सम्पन्न

“हाम्रो बचत, हाम्रै लगानी” को मूलमन्त्रसहित सर्वहित बचत तथा ऋण सहकारीको १५औँ वार्षिकोत्सव सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, ४ पुष २०८२
  • 2.3K
    SHARES

    काठमाडौँ:  काठमाडौँ महानगरपालिका–२९ वडाका महिला दिदीबहिनीहरूको सामूहिक भावना र सामूहिक जमानीको अवधारणाबाट स्थापित यश सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले आफ्नो १५औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ।

    “हाम्रो बचत, हाम्रै लगानी, सामूहिक भावना, सामूहिक जमानी” भन्ने मूलमन्त्रका साथ सञ्चालन हुँदै आएको यस सहकारीको वार्षिकोत्सव कार्यक्रम संस्थाकी अध्यक्ष अम्बिका सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सहकारी सदस्य निर्मला सुवेदीले गरेकी थिइन्।

    कार्यक्रममा संस्थापक सल्लाहकार कल्याणी रिजाल, काठमाडौँ महानगरपालिका–२९ वडाकी जनप्रतिनिधि रेनु श्रेष्ठ, सहकारीका पदाधिकारीहरू तथा शेयरधनी महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    यस अवसरमा असल ज्येष्ठ नागरिक बचतकर्ता, असल बाल बचतकर्ता, असल ऋणी तथा नियमित बचतकर्तालाई सम्मान गरिएको थियो। त्यसैगरी, ४०+ उमेर समूहअन्तर्गत २६औँ पटक टेबल टेनिस प्रतियोगिता विजेता तथा शेयर सदस्य इन्दिरा पराजुलीलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।

    वार्षिकोत्सवका अवसरमा सहकारीसँग आबद्ध महिला शेयर सदस्यहरूद्वारा निर्माण गरिएका हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा राखिएको, जसले महिलाको सीप, सिर्जनशीलता र आत्मनिर्भरतालाई उजागर गरेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend