logo

२०८३ साउन १४ बिहिबार

नेपाल मेडिकल एसोसिएसन निर्वाचन २०८२: ‘टिम मंगल’द्वारा चिकित्सक ऐन र पेशागत अधिकारलाई प्राथमिकता

नेपाल मेडिकल एसोसिएसन निर्वाचन २०८२: ‘टिम मंगल’द्वारा चिकित्सक ऐन र पेशागत अधिकारलाई प्राथमिकता


हाम्रो राष्ट्र
  • आइतबार, १३ पुष २०८२
  • 2.4K
    SHARES

    काठमाडौं — नेपाल मेडिकल एसोसिएसन (NMA) को आसन्न निर्वाचन २०८२ लाई लक्षित गर्दै “टिम मंगल : Stronger Together” ले आफ्नो उम्मेदवारी र एजेन्डा सार्वजनिक गरेको छ। चिकित्सकहरूको पेशागत, आर्थिक तथा सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै टिम मंगलले “चिकित्सक ऐन” निर्माणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ।

    टिम मंगलबाट डा. मंगल रावल अध्यक्ष पदका उम्मेदवार रहेका छन्। उनीसँगै डा. कृतिपाल सुबेदी वरिष्ठ उपाध्यक्ष र डा. कालु सिंह खत्री महासचिव पदका उम्मेदवार रहेका छन्।

    प्रदेशगत समावेशितालाई ध्यानमा राख्दै उपाध्यक्ष पदमा कोशीबाट डा. टंक प्रसाद बराकोटी, मधेशबाट डा. उदय नारायण सिंह, बागमतीबाट डा. अरुण शाही, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. सन्तोष पोखरेल, कर्णालीबाट डा. रबिन खड्का र सुदूरपश्चिमबाट डा. निरज आर्याल उम्मेदवार रहेका छन्।

    त्यसैगरी, कोषाध्यक्ष पदमा डा. चन्दनी जैसवाल, सह–कोषाध्यक्षमा डा. सुभाष गुरुङ र सह–सचिव पदमा डा. राम जीवन प्रसाद उम्मेदवार छन्। सदस्य पदका लागि डा. अमित झा, डा. अरुण उप्रेती, डा. दीक्षा बोहरा, डा. निराजन तामाङ, डा. पलपसा श्रेष्ठडा. जेबाना अन्सारी प्रतिस्पर्धामा छन्।

    चिकित्सक ऐन : टिम मंगलको मुख्य एजेन्डा

    टिम मंगलले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूको हक–हित सुनिश्चित गर्न डा. टंक बराकोटीको प्रतिवेदनका आधारमा “चिकित्सक ऐन” निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। सो ऐनमार्फत चिकित्सकलाई श्रम ऐनसरह कानुनी संरचनामा समेट्ने लक्ष्य लिइएको छ।

    एजेन्डाअन्तर्गत निम्न प्रमुख विषयहरू समेटिएका छन्:

    • आर्थिक सुविधा: आवास, सवारी साधन तथा क्लिनिक स्थापना गर्न राज्य स्वामित्वका बैंकमार्फत न्यून ब्याजदरमा विशेष चिकित्सक ऋण

    • तलब–भत्ता: सार्वजनिक र निजी दुवै क्षेत्रमा लागू हुने न्यूनतम पारिश्रमिक, परामर्श शुल्क मापदण्ड र सञ्चय कोष व्यवस्था

    • श्रम अधिकार: इन्टर्न र आवासीय चिकित्सकसहित सबै चिकित्सकका लागि कार्य समय, बिदा तथा ओभरटाइमसम्बन्धी स्पष्ट व्यवस्था

    • स्वास्थ्य उपचार सुविधा: सार्वजनिक स्वास्थ्य संस्थामा चिकित्सक तथा उनका परिवारका सदस्यलाई निःशुल्क उपचार र चिकित्सक कल्याणकारी कोष स्थापना

    टिम मंगलले चिकित्सक एकता, संस्थागत सुदृढीकरण र पेशागत मर्यादाको संरक्षणमार्फत नेपाल मेडिकल एसोसिएसनलाई अझ प्रभावकारी बनाउने दाबी गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend