काठमाडौं — upGrad GSP नेपालको आयोजनामा बेलायतको प्रतिष्ठित Bangor University सँग सम्बन्धित भर्ती साझेदार परामर्शदाताहरूका लागि एक विशेष (Exclusive) कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सक्रिय परामर्श संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा Bangor University डाइरेक्टर– ग्लोबल इन्गेजमेन्ट सुश्री सर्जिन मोनप्ले र नेपाल तथा श्रीलंकाका क्षेत्रीय प्रमुख श्री ब्रज भूषण झा को उपस्थिति विशेष रह्यो। उहाँहरूले विश्वविद्यालयका शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध अवसर, छात्रवृत्ति, प्रवेश प्रक्रिया तथा भविष्यका शैक्षिक मार्गचित्रबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। उहाँहरूको प्रस्तुतीकरणले सहभागी परामर्शदाताहरूलाई Bangor University का नवीन अपडेट र रणनीतिक दिशाबारे स्पष्ट बुझाइ प्रदान गर्यो।
कार्यक्रममा श्री अनिल श्रेष्ठले बेलायतमा अध्ययनका अवसरहरूबारे आफ्नो धारणा प्रस्तुत गर्दै Bangor Universityको शैक्षिक गुणस्तर, विद्यार्थी सहयोग प्रणाली तथा स्नातकपछिको करिअर सम्भावनाबारे प्रकाश पार्नुभयो। उहाँले विश्वव्यापी मान्यता प्राप्त डिग्री, उद्योगमैत्री पाठ्यक्रम र पोस्ट–स्टडी वर्क अवसरका कारण बेलायत नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य रहँदै आएको उल्लेख गर्नुभयो।
१४० वर्षभन्दा बढी इतिहास बोकेको Bangor University ले व्यवसाय तथा व्यवस्थापन, लेखा तथा वित्त, कम्प्युटर साइन्स, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मनोविज्ञान, कानून, इन्जिनियरिङ, वातावरणीय तथा समुद्री विज्ञान, शिक्षा र सामाजिक विज्ञानलगायत विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विश्वविद्यालयको मुख्य क्याम्पस नर्थ वेल्सको बाङ्गोर सहरमा अवस्थित छ भने व्यवसाय तथा व्यवस्थापन केन्द्रित कार्यक्रमका लागि लण्डन क्याम्पस पनि सञ्चालनमा रहेको छ।
कार्यक्रमको समापन गर्दै upGrad GSP नेपालका बिजनेस डेभलपमेन्ट म्यानेजर श्री पंकज चौधरीले कार्यक्रममा सहभागी सबै शैक्षिक परामर्श संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विश्वविद्यालय र परामर्शदाताबीच सहकार्य सुदृढ गर्नुका साथै विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्राप्त गर्न सही मार्गदर्शन प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
यस किसिमका विशेष कार्यक्रमहरू केवल जानकारी आदान–प्रदानमा सीमित नभई दीर्घकालीन साझेदारी निर्माण, ज्ञानको साझा उपयोग र अन्तर्राष्ट्रिय शिक्षामा पहुँच विस्तारतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend