logo

२०८३ साउन १५ शुक्रबार

सातौँ मेयर कप अन्तर–वडा टेबलटेनिस आइतबारदेखि सुरु हुने

सातौँ मेयर कप अन्तर–वडा टेबलटेनिस आइतबारदेखि सुरु हुने


हाम्रो राष्ट्र
  • शुक्रबार, १८ पुष २०८२
  • 2.7K
    SHARES

    ललितपुर: ललितपुर महानगरपालिका वडा नम्बर ६ को आयोजनामा सातौँ मेयर कप अन्तर–वडा टेबलटेनिस प्रतियोगिता पुस २० गते आइतबारदेखि सुरु हुने भएको छ।

    वडा नम्बर ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सातौँ संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्।

    अध्यक्ष शाक्यका अनुसार खेलकुदमार्फत युवालाई सक्रिय बनाउने, टेबलटेनिस खेलको विकास गर्दै खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।

    प्रतियोगितामा ललितपुर महानगरपालिका भित्रका विभिन्न वडाबाट करिब ३०० खेलाडीको सहभागिता रहनेछ। खुला पुरुष, महिला तथा विभिन्न उमेर समूह गरी प्रतियोगितामा जम्मा १७ विधा समावेश गरिएका छन्।

    अध्यक्ष शाक्यले प्रतियोगितालाई नयाँ खेलाडीको प्रतिभा पहिचान (ट्यालेन्ट हन्ट) र अनुभवी खेलाडीको क्षमता अभिवृद्धिको अवसरका रूपमा लिइएको बताए। प्रतियोगिताका विजेता खेलाडीलाई कुल नगद पुरस्कार ४ लाख २५ हजार रुपैयाँ, आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

    ललितपुर जिल्ला टेबलटेनिस संघको संयोजनमा सञ्चालन हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका निर्णायक रहनेछन्। खेलहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने र ३–स्टार बल प्रयोग गरिने जिल्ला संघका अध्यक्ष आशिष अवालेले जानकारी गराएका छन्।

    प्रतियोगिता ललितपुर कनिबहालस्थित वडा नम्बर ६ कार्यालय प्राङ्गणमा पुस २० देखि २६ गतेसम्म लगातार सात दिन सञ्चालन हुनेछ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend