logo

२०८३ साउन १४ बिहिबार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ वैशाखमा हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ वैशाखमा हुने


हाम्रो राष्ट्र
  • शुक्रबार, १८ पुष २०८२
  • 2.3K
    SHARES

    काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका केन्द्रीय कार्यसम्पादन समिति बैठकले पारित गरेको छ।

    शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरिएको पार्टीका पूर्व महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए।

    पूर्व उपसभापति विमलेन्द्र निधिले पनि बैठकबाट महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन भएको पुष्टि गरेका छन्।

    यद्यपि पार्टीभित्र उठेको विशेष महाधिवेशनको मागबारे औपचारिक निर्णय सार्वजनिक गरिएको छैन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुस २७ र २८ गते विशेष महाधिवेशन हुनुपर्ने पक्षमा रहेका छन्।

    महामन्त्रीद्वयले भृकुटीमण्डपमा हल बुक गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठकअघि कार्यवाहक सभापति खड्काले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

    हालका लागि कांग्रेस नेतृत्वले नियमित १५औँ महाधिवेशनको मिति तय गर्दै प्रक्रिया अघि बढाएको देखिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend