logo

२०८३ साउन १३ बुधबार

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न


हाम्रो राष्ट्र
  • शनिबार, २६ पुष २०८२
  • 2.6K
    SHARES

    काठमाडौँ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न भएको छ। आइतबारदेखि सुरू हुन लागेको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सभ्य र भव्य बनाउन मञ्च व्यवस्थापनलगायत सम्पूर्ण प्रबन्ध पूरा गरिएको आयोजकले जनाएको छ।

    भृकुटीमण्डपको खुला चौरमा आयोजना हुने उद्घाटन सत्रका लागि मञ्च आकर्षक रूपमा सजाइएको छ। मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार उद्घाटन समारोहका लागि मञ्चमा करिब ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्था गरिएको छ।

    उनका अनुसार खुला चौरमा छ हजारभन्दा बढी कुर्सी व्यवस्थापन गरिएको छ। मञ्च वरिपरि नेपाली कांग्रेसका झण्डा, ब्यानर तथा विभिन्न प्रचार–प्रसार सामग्रीहरू राखिएका छन्। साथै, काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीहरूलाई व्यवस्थित रूपमा कार्यक्रममा सहभागी गराउने तयारीसमेत गरिएको छ।

    महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने दाबी गरिएको छ।

    महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो १ बजेदेखि सुरू हुने कार्यक्रम छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend