logo

२०८३ साउन १४ बिहिबार

६३ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसँगै कांग्रेस विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश

६३ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसँगै कांग्रेस विशेष महाधिवेशन निर्णायक चरणमा प्रवेश


हाम्रो राष्ट्र
  • सोमबार, २८ पुष २०८२
  • 2.6K
    SHARES

    काठमाडौं : नेपाली कांग्रेसको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र सक्रियता उल्लेख्य रूपमा बढ्दै गएको छ। हालसम्म ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेको दाबी गरिँदा पार्टीभित्र नेतृत्व चयन प्रक्रिया चाँडो अघि बढाउन दबाब सिर्जना भएको देखिन्छ।

    विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलका अनुसार हस्ताक्षर अभियानमा अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएको छ। उनले हालसम्म ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन भइसकेको जानकारी दिँदै भोलिसम्म यो संख्या ७० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताए।

    “६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। भोलिसम्म यो संख्या अझै बढ्नेछ,” पोखरेलले भने, “समूहगत छलफल सकिएपछि नेतृत्व चयन प्रक्रिया सुरु हुन्छ।”

    विशेष महाधिवेशनमा देखिएको प्रतिनिधिहरूको चासोले पार्टीभित्र लामो समयदेखि उठ्दै आएको नेतृत्व, संगठनात्मक संरचना र भावी राजनीतिक दिशाबारे ठोस निर्णयको अपेक्षा बढाएको छ। प्रतिनिधिहरूको उच्च सहभागितालाई कांग्रेसभित्र परिवर्तनप्रतिको चाहना र पार्टीलाई पुनः सुदृढ बनाउने दबाबका रूपमा विश्लेषण गर्न थालिएको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार आवश्यक प्रतिशत हस्ताक्षर पूरा हुनु भनेको नेतृत्व चयन प्रक्रियालाई वैधानिक र बलियो आधार प्रदान गर्नु हो। यसले विशेष महाधिवेशनलाई औपचारिकतामा सीमित नराखी निर्णायक चरणतर्फ लैजाने संकेत गरेको छ्।अब समूहगत छलफलपछि सुरु हुने नेतृत्व चयन प्रक्रियाले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन, भावी रणनीति र संगठनात्मक सुधारको दिशालाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ। विशेष महाधिवेशनबाट निस्कने निष्कर्षले आगामी राष्ट्रिय राजनीतिमा पनि प्रत्यक्ष प्रभाव पार्ने आँकलन गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend