logo

२०८३ साउन १० आइतबार

EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद


हाम्रो राष्ट्र
  • मंगलबार, २९ पुष २०८२
  • 3.1K
    SHARES

    ललितपुर – शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (EPCAN) द्वारा आयोजित तेस्रो वार्षिक पिकनिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरको सानो खोकनास्थित शिकाली रिसोर्टमा आयोजित कार्यक्रममा संघका अध्यक्ष अर्जुन कुमार बस्नेतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सदस्यहरू तथा आमन्त्रित अतिथिप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

    अध्यक्ष बस्नेतले कार्यक्रममा बोल्दै EPCAN लाई संस्थागत रूपमा मजबुत बनाउन यस्ता आपसी भेटघाट, सहकार्य र भाइचाराका कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे। “प्रायोजक संस्थाहरूको आर्थिक तथा नैतिक सहयोग, सदस्यहरूको सक्रिय सहभागिता र अतिथिहरूको उपस्थिति बिना यो कार्यक्रम सम्भव हुने थिएन,” उनले भने।

    उनले आगामी दिनमा पनि EPCAN ले व्यवसायिक मर्यादा, पारदर्शिता र विद्यार्थी हितलाई केन्द्रमा राख्दै अघि बढ्ने विश्वास व्यक्त गर्दै सबै सरोकारवालाबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताए।

    कार्यक्रममा EPCAN का पदाधिकारी, सदस्यहरू, विभिन्न शैक्षिक संस्था, ट्राभल तथा सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend