logo

२०८३ साउन १५ शुक्रबार

आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, २९ पुष २०८२
  • 2.2K
    SHARES

    काठमाडौं,  इन्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (ICCC) द्वारा आयोजित “स्टडी एब्रोड फेयर २०२६” शनिबार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। मेलामा विद्यार्थी, अभिभावक तथा अष्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    क्यानडाको जर्जियन कलेज, ओन्टारियोका दक्षिण एसियाका वरिष्ठ क्षेत्रीय सल्लाहकार रोहन रावतले उक्त कलेजमा करियरमुखी डिप्लोमा तथा डिग्री कार्यक्रमहरू उपलब्ध रहेको र उद्योगसँग सहकार्यमा आधारित व्यावहारिक शिक्षामा जोड दिइने जानकारी दिएका थिए। ओन्टारियो प्रान्त रोजगारीका अवसर र विद्यार्थीमैत्री वातावरणका कारण लोकप्रिय गन्तव्य भएको उनको भनाइ थियो।

    यस्तै, अल्बर्टास्थित युनिभर्सिटी अफ लेथब्रिजका दक्षिण एसिया तथा मध्यपूर्वका कन्ट्री एडभाइजर सौरभ आनन्दले विश्वविद्यालयको अनुसन्धानमुखी शिक्षा प्रणाली, तुलनात्मक रूपमा किफायती शुल्क र अल्बर्टा प्रान्तमा बढ्दो रोजगारीका अवसरबारे विद्यार्थीलाई जानकारी गराएका थिए।

    लाम्बटन कलेज, ओन्टारियोका क्षेत्रीय भर्ती प्रतिनिधि सोहम रोयले सूचना प्रविधि, व्यवसाय र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा कलेजको विशेषता रहेको र को–अप तथा इन्टर्नसिपमार्फत विद्यार्थीलाई क्यानडाको कार्यअनुभव प्राप्त हुने बताएका थिए।

    कन्फेडेरेसन कलेज, ओन्टारियोका अन्तर्राष्ट्रिय भर्ती सल्लाहकार कृष्ण कुमार पाईले उड्डयन, इन्जिनियरिङ टेक्नोलोजी, स्वास्थ्य तथा सीपमूलक तालिममा कलेज केन्द्रित रहेको र थन्डर बे सहर कम बसोबास खर्च र राम्रो रोजगारी सम्भावनाका लागि उपयुक्त रहेको उल्लेख गरेका थिए।

    ट्रेन्ट युनिभर्सिटी, ओन्टारियोकी अन्तर्राष्ट्रिय भर्ती सल्लाहकार श्वेता गुप्ताले वातावरण विज्ञान, व्यवसाय तथा डाटा एनालिटिक्समा विश्वविद्यालयको बलियो उपस्थिति रहेको र पिटरबरो सहर सुरक्षित तथा विद्यार्थीमैत्री भएको जानकारी दिएकी थिइन्।

    अष्ट्रेलियाबाट फ्युजन कलेज अफ टेक्नोलोजीका क्षेत्रीय प्रबन्धक रवि अग्रहरीले सूचना प्रविधि, व्यवसाय र होटल व्यवस्थापनसम्बन्धी व्यावसायिक तालिममा कलेज केन्द्रित रहेको र प्रमुख सहरहरूमा क्याम्पस सञ्चालनमा रहेको बताएका थिए।

    यस्तै, वेस्टर्न अष्ट्रेलियास्थित अष्ट्रेलियन टेक्निसियन कलेज (ATC) का प्रतिनिधि रमेश पाण्डेले इन्जिनियरिङ तथा अटोमोटिभ क्षेत्रका प्राविधिक शिक्षामा कलेजको विशेषता रहेको र पर्थ सहर अध्ययन र रोजगारीका दृष्टिले उपयुक्त गन्तव्य भएको जानकारी गराएका थिए।

    ICCC का अनुसार मेलाले विद्यार्थीहरूलाई कोर्स छनोट, भिसा प्रक्रिया तथा भविष्यको करियर योजनाबारे स्पष्टता दिलाएको छ। कार्यक्रममा सहभागी धेरै विद्यार्थीहरूले प्रत्यक्ष परामर्शपछि विदेश अध्ययनप्रति थप आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए।

    फेयरमा सहभागी हुन नपाएका विद्यार्थीहरूका लागि देशभर रहेका ICCC का शाखाबाट व्यक्तिगत परामर्श सेवा उपलब्ध गराइने संस्थाले जनाएको छ।

    ICCC ले नेपाली विद्यार्थीहरूलाई सही सूचना, नैतिक परामर्श र दीर्घकालीन करियर योजनामार्फत अन्तर्राष्ट्रिय भविष्य निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend