काठमाडौँ – नेपालस्थित बंगलादेश दूतावासको आयोजनामा “बंगलादेश मेडिकल एजुकेशन फेयर २०२६” आयोजना हुने भएको छ। उक्त शैक्षिक मेला २०२६ जनवरी १७ गते शनिबार, काठमाडौँको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
बंगलादेश दूतावास, काठमाडौँका काउन्सिलर तथा डेपुटी चिफ अफ मिसन Md. Showeb Abdullah ले यो कार्यक्रम नेपाली विद्यार्थीहरूका लागि बंगलादेशमा गुणस्तरीय मेडिकल शिक्षा अध्ययन गर्ने उत्कृष्ट अवसर भएको बताएका छन्। उहाँले उक्त जानकारी जुपिटर मिडियासँग साझा गर्नुभएको हो।
मेलामा बंगलादेशका २० भन्दा बढी प्रतिष्ठित मेडिकल तथा डेन्टल कलेजहरूको सहभागिता रहनेछ। विद्यार्थीहरूले एमबीबीएस, बीडीएस तथा नर्सिङ कार्यक्रम, छात्रवृत्ति, शुल्क संरचना र भर्ना प्रक्रियाबारे प्रत्यक्ष रूपमा कलेज प्रतिनिधिहरूसँग परामर्श लिन सक्नेछन्।
कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ भने इच्छुक विद्यार्थीहरूले अनलाइन दर्ता फाराममार्फत सहभागिता जनाउन सक्नेछन्। दूतावासले नेपालका विद्यार्थीहरूलाई सुरक्षित, किफायती र अन्तर्राष्ट्रिय मान्यता प्राप्त मेडिकल शिक्षा हासिल गर्न बंगलादेश आकर्षक गन्तव्य बन्दै गएको पनि उल्लेख गरेको छ।
For English News
Bangladesh Medical Education Fair 2026 to be held in Kathmandu
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend