काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
आचार्यले पार्टीका आधिकारिक उम्मेदवार प्रवल थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। थापा काठमाडौं–१ का लागि नेपाली कांग्रेसबाट आधिकारिक रूपमा सिफारिसमा परेका उम्मेदवार हुन्।
आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै लेखेका छन्,
“नेपाली कांग्रेस जिन्दाबाद, भोट के मा रुखमा। वार्ड, क्षेत्र, जिल्ला, सातै प्रदेश तथा प्रवासका शुभचिन्तक एवं कांग्रेस नेता–कार्यकर्ताहरूको सल्लाह, सुझाव र नेपाली कांग्रेसका आदरणीय सभापति गगन कुमार थापाज्यूसँगको संवादपछि, हाम्रा उम्मेदवार प्रवल थापाज्यूलाई समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिएको छु।”
उनले थप्दै भनेका छन्,
“मेरो भूमिका अब नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई विजयी गराउन तन–मनका साथ लाग्नेछु। आदरणीय सबै कांग्रेस नेता, कार्यकर्ता तथा अग्रजहरूमा यो जानकारी गराउँदछु। नेपाली कांग्रेस जिन्दाबाद, भोट के मा रुखमा। जय नेपाल।”
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend