logo

२०८३ साउन १४ बिहिबार

सोमाली सेनाको कारबाहीमा परी अल–शबाबका ३० लडाकुको मृत्यु

सोमाली सेनाको कारबाहीमा परी अल–शबाबका ३० लडाकुको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 2K
    SHARES

    सोमाली राष्ट्रिय सेनाले दक्षिणी सोमालियामा दुई पक्षबीचको भीषण भीडन्तपछि अल–शबाबका ३० जना लडाकुको मृत्यु भएको जनाएको छ ।

    भीडन्तमा अन्य थुप्रै घाइते भएका छन् । एसएनए इन्फन्ट्री कमाण्डर मोहम्मद तहलिल बिहीलेका अनुसार सरकार समर्थक मिलिसिया, माविस्लेले समर्थन गरेको सेनाले कारबाहीका क्रममा विद्रोहीहरूलाई लखेटेको थियो ।

    आतङ्कवादीहरूले यस क्षेत्रमा संयुक्त सेनाको नियन्त्रणमा रहेका आधारहरूमा आक्रमण गर्ने प्रयास गरेको तर सेनाहरूले तुरुन्तै जवाफी कारबाही गरेको थियो ।

    यता अल–शबाब चरमपन्थी समूहले भने भिडन्तको क्रममा २० सैनिक मारेको र अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ ।

    गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको छ ।

    राष्ट्रपतिले सोमालियामा अल–शबाब लडाकुहरूलाई उनीहरूको किल्लाबाट हटाउन सैन्य कारबाहीलाई तीव्र बनाइने वाचा गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend