logo

२०८३ साउन १४ बिहिबार

आत्मनिर्भरता अभियानलाई टेवा दिने सीप तालिम काठमाडौं–२९ मा

आत्मनिर्भरता अभियानलाई टेवा दिने सीप तालिम काठमाडौं–२९ मा


हाम्रो राष्ट्र
  • आइतबार, १९ माघ २०८२
  • 3.2K
    SHARES

    काठमाडौं: काठमाडौं महानगरपालिका वडा नं. २९ मा  “सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित सञ्चालन गरिएको उक्त तालिम महिला सशक्तीकरण तथा सामाजिक विकास समितिको आयोजनामा सम्पन्न भएको हो भने कार्यक्रमलाई काठमाडौं महानगरपालिका वडा नं. २९ कार्यालयले सहजीकरण गरेको  छ।

    महिला सशक्तीकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा वडा नं. २९ का वडासदस्य अनिल बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने वडासदस्य रेनु श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    उहाँहरूले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न र आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

    तालिमका क्रममा सहभागीहरूलाई वासिङ मेसिन झोल सफा गर्ने सामग्री तयार गर्ने तरिका, प्रयोग विधि तथा आधारभूत बजार व्यवस्थापनबारे व्यवहारिक प्रशिक्षण दिइएको थियो। आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रमले साना तथा घरेलु उद्यम विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend