काठमाडौं, शैक्षिक परामर्श, करियर तथा माइग्रेसन क्षेत्रमा अग्रणी संस्था KIEC (Education | Career | Migration) ले आफ्नो स्थापनाको २० औँ वार्षिकोत्सव भव्य रूपमा लिला गार्डेन ब्याङ्क्वेट मा आयोजना गरिएको ककटेल डिनर कार्यक्रममार्फत मनाएको छ।
कार्यक्रममा स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्रतिनिधिहरू, विभिन्न शैक्षिक परामर्श संस्थाहरू, शिक्षाविद् तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसले KIEC ले पछिल्ला दुई दशकमा बनाएको विश्वास र प्रभावलाई स्पष्ट रूपमा झल्काएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै KIEC का प्रमुख कार्यकारी अधिकृत (CEO) श्री राजेन्द्र रिसाल ले संस्थाको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण विश्वविद्यालय साझेदार, परामर्शदाता, कर्मचारी, शुभेच्छुक तथा सञ्चारमाध्यमप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
“विश्वविद्यालय साझेदार, समर्पित टिम, विश्वासिला परामर्शदाता र सञ्चारमाध्यमको निरन्तर साथबिना KIEC को २० वर्षे यात्रा सम्भव हुने थिएन,” CEO रिसालले भन्नुभयो।
उक्त कार्यक्रम KIEC को उपलब्धि र दीर्घकालीन साझेदारीप्रति सम्मान व्यक्त गर्ने अवसरका रूपमा सम्पन्न भयो। साथै, आगामी दिनहरूमा पनि विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता पुनः दोहोर्याइयो। कार्यक्रम आपसी भेटघाट, नेटवर्किङ तथा भविष्यप्रति आशावादी सन्देशसहित सम्पन्न भयो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend