logo

२०८३ साउन १४ बिहिबार

ग्रान्ड यूके फेस्ट २०२६ – यूके र अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूको सहभागिता

ग्रान्ड यूके फेस्ट २०२६ – यूके र अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूको सहभागिता


हाम्रो राष्ट्र
  • सोमबार, २० माघ २०८२
  • 1.2K
    SHARES

    काठमाडौं — बिज एजुकेसन द्वारा आयोजित ग्रान्ड यूके फेस्ट २०२६ –  कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा संयुक्त अधिराज्य (यूके) र अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा द युनिभर्सिटी अफ ल, यूके बाट बिजनेस डेभलपमेन्ट म्यानेजर मेरिना खयारगोली सहभागी भइ यूकेका पाठ्यक्रम, भर्ना प्रक्रिया तथा करियर मार्गबारे विद्यार्थीहरूलाई व्यक्तिगत परामर्श प्रदान गर्नुभयो।

    लिड्स ट्रिनिटी युनिभर्सिटी, यूके का तर्फबाट रुबाल बस्नेत (स्टुडेन्ट रिक्रुटमेन्ट एडभाइजर) सहभागी हुनुहुँदा युनिभर्सिटी अफ चेस्टर, यूके बाट रबिना थापा (कन्ट्री म्यानेजर – नेपाल) ले £२५०० सम्मको छात्रवृत्ति बारे जानकारी दिनुभयो।

    आर्डेन युनिभर्सिटी, यूके बाट समिता सुब्बा (कन्ट्री रिप्रिजेन्टेटिभ – नेपाल) सहभागी हुनुहुँदा युनिभर्सिटी कलेज बर्मिङ्घम ले £४५०० सम्मको छात्रवृत्ति, सीमित सिटसहित व्यवसाय, कुलिनरी आर्ट्स, कम्प्युटर साइन्स लगायतका कोर्सहरू प्रस्तुत गर्‍यो।

    एबर्टे युनिभर्सिटी, यूके बाट नीलम शर्मा (सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर) तथा रश्मिता आचार्य (रिजनल म्यानेजर – नेपाल) सहभागी भई उपलब्ध कोर्स र छात्रवृत्तिबारे जानकारी गराउनुभयो।

    अष्ट्रेलियातर्फबाट  श्वेता श्रेष्ठ (सेल्स म्यानेजर) तथा भिक्टोरिया युनिभर्सिटी, AIBI हायर एजुकेसन अष्ट्रेलिया का लागि सञ्जय तामाङ (मार्केटिङ अफिसर) सहभागी भई विद्यार्थीहरूलाई अष्ट्रेलियामा अध्ययनसम्बन्धी व्यक्तिगत मार्गदर्शन प्रदान गर्नुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै बिज एजुकेसनका निर्देशक तथा अष्ट्रेलियाका प्रमुख दर्ता माइग्रेसन एजेन्ट (MARN) श्री किर्तु केसी ले सहभागी सम्पूर्ण विश्वविद्यालय प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिज एजुकेसनकी अपरेसन म्यानेजर रेखा नेगी लामाप्रति पनि आभार व्यक्त गर्नुभयो।

    कार्यक्रम विद्यार्थी–विश्वविद्यालय अन्तरक्रिया, व्यक्तिगत काउन्सेलिङ तथा नेटवर्किङका साथ सम्पन्न भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend