logo

२०८३ साउन १४ बिहिबार

उपनिर्वाचन र सरकारमा सहभागिताका विषयमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

उपनिर्वाचन र सरकारमा सहभागिताका विषयमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 949
    SHARES

    काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टीले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

    बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरी आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

    बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ । उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।

    बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ । यसैगरी कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषद्मा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ ।

    जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउनेलगायतका विषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend