logo

२०८३ साउन १४ बिहिबार

युद्ध अन्त्य गर्न सक्ने पुटिनको सङ्केत

युद्ध अन्त्य गर्न सक्ने पुटिनको सङ्केत


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1K
    SHARES

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने बताएका छन् । यद्यपि, पश्चिम र किएभ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ ।

    रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए । गत महिना प्रकाशित चीनको योजनाले रुसी सेनालाई युक्रेनी भूभाग छोड्न स्पष्ट आह्वान गरेको छैन ।

    १२ बुँदा सूचीबद्ध योजनामा कुनै विशेष सर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ । युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नु पर्ने बताएको छ । तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन ।

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमबार युक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्याउने बताएका थिए ।

    सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिने तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्ने बताएका थिए ।

    तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो तत्परता देख्न नसकेको उनले बताए । रुसी नेतासँगै उभिएका सीले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन इतिहासको सही पक्षमा रहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend