logo

२०८३ साउन १४ बिहिबार

चुनावी रणनीति निर्माणमा केन्द्रित कांग्रेस काठमाडौं–२९ को भेला सम्पन्न

चुनावी रणनीति निर्माणमा केन्द्रित कांग्रेस काठमाडौं–२९ को भेला सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, २३ माघ २०८२
  • 2.7K
    SHARES

    काठमाडौं : नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर २९ का अग्रज नेता तथा कार्यकर्ताको भेला सम्पन्न भएको छ। वडा इकाई सभापति अर्जुन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रबल थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

    आसन्न निर्वाचनलाई केन्द्रमा राखी आयोजना गरिएको भेलामा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि तथा महानगर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    भेलामा वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर विस्तृत छलफल गरिएको थियो। काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रबल थापालाई विजयी गराउने लक्ष्यसहित चुनावी अभियानलाई थप प्रभावकारी बनाउने रणनीति तय गरिएको बताइएको छ।

    बैठकले आगामी निर्वाचनमा पार्टीलाई जिताउन विभिन्न रणनीतिक तथा अभियानमूलक निर्णयहरू समेत पारित गरेको छ। साथै, सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भई घरदैलो कार्यक्रम तथा जनभेटघाटलाई तीव्रता दिन भेलाले आह्वान गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend