logo

२०८३ साउन १३ बुधबार

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ: गगन थापा

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ: गगन थापा


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ माघ २०८२
  • 1.7K
    SHARES

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले मुलुक अहिले निराशा र अविश्वासको गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै देशलाई उत्तेजनाले होइन, जिम्मेवार र धैर्यशील नेतृत्वले सम्हाल्नुपर्ने बताएका छन्। कांग्रेस कास्कीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले संकटको समयमा संयमित राजनीति आवश्यक रहेको बताए।

    उनले समाजमा नागरिक असन्तुष्टि बढ्दै गएको र राज्यका संस्थाप्रति भरोसा कमजोर बन्दै गएको बताए। यस्तो संवेदनशील घडीमा आगो भड्काउनेभन्दा समाधान खोज्ने शक्ति चाहिने उनको भनाइ थियो। देशलाई निकास दिन सक्ने क्षमता, धैर्य र स्पष्ट दृष्टिकोण कांग्रेससँग हुनुपर्ने उनले उल्लेख गरे।

    थापाले अहिले जनतामा गहिरो आक्रोश देखिएको भन्दै त्यसलाई सुधार र सकारात्मक परिवर्तनतर्फ लैजान राजनीतिक दलहरूले काममार्फत उत्तर दिनुपर्ने बताए। राज्य संयन्त्र, संविधान, अदालत तथा नेतृत्वप्रति बढ्दो अविश्वासले समग्र वातावरण अस्थिर बनेको उनको टिप्पणी थियो।

    उनका अनुसार देशमा फैलिएको निराशाको प्रमुख कारण भ्रष्टाचार हो। भ्रष्टाचारलाई परास्त नगरेसम्म सुशासन सम्भव नहुने बताउँदै उनले कांग्रेसले यसविरुद्ध कडा अभियान चलाउने दाबी गरे। विगतमा हिंसात्मक द्वन्द्वबाट देशलाई बाहिर निकालेजस्तै अब भ्रष्टाचारको दलदलबाट पनि बाहिर निकाल्ने संकल्प कांग्रेसले लिएको उनले बताए।

    कार्यक्रममा उनले पार्टीका नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर स्थिरता, सुधार र जिम्मेवार नेतृत्वको सन्देश पुर्‍याउन समेत आग्रह गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend