काठमाडौं। नेपाली कांग्रेस क्षेत्र नम्बर १ मा चुनावी गतिविधि बढ्दै जाँदा विजयी परम्परासँग जोडिएको एक प्रतीकात्मक कार्यक्रम सम्पन्न भएको छ।
२०६४ सालदेखि २०७९ सालसम्म सम्पन्न संघीय निर्वाचनका क्रममा आमा केशरी श्रेष्ठको हातबाट शुभसाइतको टीका तथा आशीर्वाद ग्रहण गरेका उम्मेदवार लगातार चार पटक विजयी हुनुभएको थियो ।बिजयि सगै कांग्रेस नेता, प्रकाशमान सिंह उपप्रधान मन्त्री तथा शहरी विकास मन्त्री हुनुभएको थियो ।
सोही विजयी परम्परालाई निरन्तरता दिँदै यसपटक पनि आमा केशरी श्रेष्ठले क्षेत्र नम्बर १ का युवा नेता तथा उम्मेदवार प्रवल थापालाई आफ्नै निवासमा टीका लगाई शुभकामना तथा आशीर्वाद प्रदान गर्नुभएको छ। परम्परागत रूपमा घरबाटै चुनावी अभियानको शुभारम्भ गर्ने संस्कारअनुसार कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा स्थानीय अग्रज व्यक्तित्व, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यसलाई राजनीतिक संस्कार, पुस्तान्तरण र निरन्तरताको प्रतीकका रूपमा लिएका छन्।
टीका ग्रहणपछि उम्मेदवार थापाले अग्रजबाट प्राप्त आशीर्वादले जनताको विश्वास जित्ने आफ्नो प्रतिबद्धता अझ मजबुत बनेको प्रतिक्रिया दिनुभएको छ। कार्यक्रमपछि क्षेत्र नम्बर १ मा चुनावी माहोल थप उत्साहित बनेको बताइएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend