logo

२०८३ साउन १४ बिहिबार

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति

कांग्रेसले बनायो केन्द्रीय अनुशासन समिति


हाम्रो राष्ट्र
  • आइतबार, २६ माघ २०८२
  • 1.5K
    SHARES

    काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ।

    आइतबार बसेको भर्चुअल बैठकले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा धना खतिवडा र सुवासकुमार पोखरेल तोकिएका छन्।

    कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) अनुसार समिति गठन गरिएको पार्टीले जनाएको छ।

    सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए। बैठकले उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको “नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२” र “नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२” लाई संशोधनसहित पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

    बैठकमा उपसभापति पुष्पा भुसालसहित सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशमशेर राणा, योगेन्द्र चौधरी तथा प्रवक्ता देवराज चालिसेले धारणा राखेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend