काठमाडौं – विद्यार्थीहरुलाई विदेशमा अध्ययन गर्ने अवसरसँग जोड्दै उनीहरुको सपना पुरा गर्न सहयोग गर्ने Professional Education Consultancy (PEC) ले शनिबार, ७ फेब्रुअरी २०२६ मा UK Edu-Fair सफलतापूर्वक आयोजना गरेको छ। यस वर्षको फेयरमा १० प्रतिष्ठित बेलायती विश्वविद्यालयहरुको सहभागिता रहेको थियो।
फेयरमा सहभागिता जनाउने विश्वविद्यालयहरुमा Keele University, Robert Gordon (RGU) University Aberdeen, University College Birmingham, Abertay University, OnCampus, Navitas, Leeds Trinity University, The University Law, Study Group, University of Suffolk रहेका थिए। कार्यक्रम श्री कृष्ण सदन, नयाँ बानेश्वर, सातौं तलामा आयोजना गरिएको थियो र बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म चलेको थियो।
कार्यक्रमको अवसरमा Professional Education Consultancy – UK Destination की टिम लिडर सुजाता तामाङ ले सबै विश्वविद्यालय प्रतिनिधि, विद्यार्थी तथा अभिभावकहरु प्रति धन्यवाद व्यक्त गर्दै भने, “हामी विद्यार्थीहरुलाई उनीहरुको करियर र भविष्य निर्माण गर्न सहयोग गर्न पाउँदा गर्व अनुभव गर्दैछौं। यस्तो शैक्षिक मेलाले विद्यार्थीहरु र विश्वविद्यालयहरुबीच प्रत्यक्ष संवाद स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्छ।”
फेयरमा उपस्थित विद्यार्थीहरुले विश्वविद्यालय प्रतिनिधिहरुसँग व्यक्तिगत भेटघाट गर्दै, विभिन्न कोर्स, प्रवेश प्रक्रिया, छात्रवृत्ति, छात्र जीवन र आवास सम्बन्धी जानकारी लिन सके। PEC ले विद्यार्थीहरुलाई आवश्यक परामर्श र मार्गदर्शन उपलब्ध गराउँदै, उनीहरुको सपना हासिल गर्ने यात्रालाई अझ सहज र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यो UK Edu-Fair PEC को ३२ वर्ष लामो शैक्षिक सेवा यात्राको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ, जसले नेपाली विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसरसम्म जोड्न मद्दत पुर्याइरहेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend