काठमाडौं : नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, काठमाडौं क्षेत्र नं–१ ले नेपाल महिला संघकी जिल्ला सचिव तथा समाजसेवी अम्बिका सुबेदीलाई महिला सञ्जाल समन्वय उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरेको छ।
क्षेत्रीय कार्यसमितिद्वारा जारी आधिकारिक पत्रअनुसार आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित कार्यक्रम तथा गतिविधिलाई व्यवस्थित, सक्रिय र समन्वयात्मक रूपमा सञ्चालन गर्ने उद्देश्यले सुबेदीलाई उक्त जिम्मेवारी दिइएको उल्लेख छ। पार्टीको केन्द्रीय कार्यालयको परिपत्र बमोजिम यो जिम्मेवारी प्रदान गरिएको पत्रमा जनाइएको छ।
पत्रमा उहाँको संगठनात्मक क्षमता, अनुभव र मार्गनिर्देशनले पार्टीको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। साथै जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने अपेक्षा पनि गरेको छ।
सुबेदी लामो समयदेखि महिला सशक्तिकरण, सामाजिक सेवा र पार्टी संगठनमा सक्रिय रहँदै आउनुभएको छ। उहाको जिम्मेवारिले चुनाबि माहोललाइ अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend