logo

२०८३ साउन १३ बुधबार

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे


हाम्रो राष्ट्र
  • बुधबार, २९ माघ २०८२
  • 1.7K
    SHARES

    रौतहट : रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । मंगलबार चन्द्रपुर ३ गैँडाटारमा तिमल्सिनालाई समर्थन गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउँदै पार्टी प्रवेश गरेर उम्मेदवार तिमल्सिनाको जनलहरलाई समर्थन गरेका हुन् ।

    एमालेका सुरेश कुमार राई,मुना अधिकारी,लक्ष्मी आचार्यसहित नेकपाका लोकेन्द्र राई, तुल्सी राई,आइते राई, सुश्मिता आचार्यले कांग्रेस उम्मेदवार तिमल्सिनालाई समर्थन जनाउँदै कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूले उम्मेदवार तिमल्सिनालाई समर्थन गर्दै कांग्रेस रोजेको र चुनावी अभियानमा लागेको बताएका छ्न् ।

    सस्तो लोकप्रियता कमाउन नयाँ दलहरूले अनेक हत्कण्डा प्रयोग गरे पनि जनमत कांग्रेसकै रहेको युवा नेता सुमन गौतमले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend