logo

२०८३ साउन १३ बुधबार

घट्टेकुलो नमुना टोलमा चुनावी माहोल ततायो प्रबल थापाको परिचयात्मक कार्यक्रमले

घट्टेकुलो नमुना टोलमा चुनावी माहोल ततायो प्रबल थापाको परिचयात्मक कार्यक्रमले


हाम्रो राष्ट्र
  • बिहिबार, ३० माघ २०८२
  • 4.4K
    SHARES

    काठमाडौं : घट्टेकुलो नमुना टोलका बासिन्दासँग प्रत्यक्ष भेटघाट, परिचय तथा संवाद गर्ने उद्देश्यले काठमाडौं क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रबल थापाको सहभागितामा बिहीबार उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

    उक्त कार्यक्रममा टोलबासीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। सहभागीहरूले उम्मेदवार थापासँग प्रत्यक्ष रूपमा भेटघाट गर्दै आफ्ना जिज्ञासा, सुझाव तथा अपेक्षाहरू राखेका थिए। खुला अन्तरक्रिया मार्फत स्थानीय समस्यादेखि विकासका सम्भावनासम्मका विषयमा विस्तृत छलफल भएको थियो।

    कार्यक्रममा बोल्दै उम्मेदवार थापाले स्थानीय आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै विकास, सुशासन तथा जनसेवामुखी योजनालाई प्रभावकारी रूपमा अघि बढाउने बताए।

    कार्यक्रमकी संयोजक, समाजसेवी तथा कांग्रेस नेतृ एवं महिला संघकी इकाइ अध्यक्ष निर्मला सुवेदी मिश्रका अनुसार प्रत्यक्ष संवाद विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनका अनुसार मतदातासँग नजिकबाट परिचय, विश्वास निर्माण तथा विचार आदान–प्रदानमार्फत चुनावी अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

    उक्त कार्यक्रममा टोलबासी, पार्टी कार्यकर्ता, महिला समूहका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता संवादमूलक कार्यक्रमले उम्मेदवार र मतदाताबीचको दूरी घटाउने र चुनावी माहोललाई थप सक्रिय बनाउने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend