logo

२०८३ असोज ७ बुधबार

काठमाडौँ–१ मा प्रबल थापाको पक्षमा माहोल बलियो, माननीय दीपेन्द्र श्रेष्ठबाट विजयका लागि विस्तृत सुझाव

काठमाडौँ–१ मा प्रबल थापाको पक्षमा माहोल बलियो, माननीय दीपेन्द्र श्रेष्ठबाट विजयका लागि विस्तृत सुझाव


हाम्रो राष्ट्र
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 988
    SHARES

    काठमाडौं :  नेपाली कांग्रेस काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रबल थापा लाई  विजय गराउने लक्ष्यसहित बबरमहलस्थित कार्की ब्याँक्वटमा परामर्श, सुझाव तथा रणनीति आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चुनाव केन्द्रित तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ।

    उक्त कार्यक्रममा बागमती प्रदेशका माननीय दीपेन्द्र श्रेष्ठ ले उम्मेदवार थापासँग प्रत्यक्ष छलफल गर्दै चुनावी अभियानलाई जनस्तरसम्म कसरी सशक्त रूपमा विस्तार गर्ने, मतदातासँग विश्वासको सम्बन्ध कसरी मजबुत बनाउने तथा संगठनात्मक परिचालनलाई कसरी तीव्र बनाउने भन्ने विषयमा विस्तृत राय तथा सुझाव प्रदान गर्नुभयो।

    माननीय श्रेष्ठले बदलिएको र रूपान्तरणतर्फ उन्मुख कांग्रेसले देशमा जरा गाडेर बसेका कुरीति र कुसंस्कृतिको अन्त्य गर्दै मुलुकलाई अहिलेको जटिल अवस्थाबाट निकास दिन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले स्पष्ट योजना, जवाफदेहिता, सुशासनप्रतिको प्रतिबद्धता र जनमुखी एजेन्डा नै वर्तमान समयको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो।

    उहाँका अनुसार काठमाडौँ–१ मा युवा, व्यवसायी, बुद्धिजीवी तथा स्थानीय बासिन्दामाझ सकारात्मक चुनावी माहोल बन्दै गएको छ र यसलाई मतमा रूपान्तरण गर्न घरदैलो, संवाद र प्रत्यक्ष भेटघाटलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा ११ वडाका वडा अध्यक्ष, वडा सदस्य, पार्टी कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले उम्मेदवार थापालाई विकास निर्माण, रोजगारी सिर्जना, डिजिटल सेवा विस्तार, पारदर्शी कार्यशैली र उत्तरदायी नेतृत्वलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिएका थिए। कार्यक्रमले चुनावी अभियानलाई थप ऊर्जा र स्पष्ट दिशा दिएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend