logo

२०८३ साउन १४ बिहिबार

काठमाडौँ–१ मा प्रबल थापाको पक्षमा माहोल बलियो, माननीय दीपेन्द्र श्रेष्ठबाट विजयका लागि सुझाव

काठमाडौँ–१ मा प्रबल थापाको पक्षमा माहोल बलियो, माननीय दीपेन्द्र श्रेष्ठबाट विजयका लागि सुझाव


हाम्रो राष्ट्र
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 5.1K
    SHARES

    काठमाडौं :  काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवार प्रबल थापा को पक्षमा माहोल बलियो बनाउने उद्देश्यसहित बबरमहलस्थित कार्की ब्याँक्वटमा परामर्श, सुझाव तथा रणनीतिक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रममा बागमती प्रदेशका माननीय दीपेन्द्र श्रेष्ठ ले चुनावी अभियानलाई परिणाममुखी बनाउने विषयमा विस्तृत धारणा राख्दै उम्मेदवार थापालाई संगठन सुदृढीकरण, घरदैलो कार्यक्रम विस्तार, मतदातासँग प्रत्यक्ष संवाद र एजेन्डा–आधारित प्रचारलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो। उहाँले चुनाव जित्ने आधार केवल नाराभन्दा पनि स्पष्ट योजना, विश्वासिलो नेतृत्व र निरन्तर जनसम्पर्क भएको उल्लेख गर्नुभयो।

    माननीय श्रेष्ठले बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसले आत्मसुधार र रूपान्तरणको मार्ग समातेको बताउँदै अबको कांग्रेस विकास, सुशासन र जवाफदेहिताको एजेन्डामा केन्द्रित रहेको धारणा राख्नुभयो। देशमा व्याप्त कुरीति, कुसंस्कृति र अव्यवस्थाको अन्त्य गर्दै मुलुकलाई स्थिरता र प्रगतितर्फ अघि बढाउन सक्षम शक्ति कांग्रेस नै भएको उहाँको भनाइ थियो।

    उहाँले विशेषगरी युवापुस्ता, उद्यमशील वर्ग र मतदाताका अपेक्षालाई सम्बोधन गर्ने खालका कार्यक्रम र योजनालाई अभियानको केन्द्रमा राख्न आग्रह गर्नुभयो। “रोजगारी, सेवा प्रवाहको सहजता, पारदर्शिता र स्थानीय विकासका स्पष्ट प्रतिबद्धता मतदाताले खोजिरहेका छन्,” उहाँले भन्नुभयो।

    कार्यक्रममा सहभागी वडा अध्यक्ष, वडा सदस्य, क्षेत्रीय प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूले पनि उम्मेदवार थापासँग आफ्ना सुझाव राखेका थिए। उनीहरूले काठमाडौँ–१ का पूर्वाधार सुधार, ट्राफिक व्यवस्थापन, डिजिटल सेवा विस्तार, युवा रोजगारी र सामुदायिक विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

    उक्त कार्यक्रमले चुनावी अभियानलाई थप ऊर्जा, स्पष्ट दिशा र समन्वय प्रदान गरेको सहभागीहरूको भनाइ थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend