logo

२०८३ साउन १५ शुक्रबार

ICCC पुतलीसडकमा जर्जियन कलेजको विशेष सूचना सत्र सम्पन्न

ICCC पुतलीसडकमा जर्जियन कलेजको विशेष सूचना सत्र सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, ५ फाल्गुन २०८२
  • 1K
    SHARES

    काठमाडौं: क्यानडाको अग्रणी शैक्षिक संस्थामध्ये एक Georgian College का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत Kevin Weaver को उपस्थितिमा ICCC पुतलीसडक मा विशेष सूचना सत्र सम्पन्न भएको छ।

    कार्यक्रममा जर्जियन कलेजका दक्षिण एसियाका वरिष्ठ क्षेत्रीय सल्लाहकार Rohan Rawat को समेत उपस्थिति रहेको थियो। सत्रका क्रममा उनले जर्जियन कलेजका शैक्षिक कार्यक्रम, विद्यार्थी सहायता सेवा, उद्योगसँग जोडिएको अध्ययन (Industry-connected learning) तथा नेपाली विद्यार्थीहरूका लागि उपलब्ध अवसरहरूबारे विस्तृत जानकारी प्रदान गरे।

    सूचना सत्रमा अध्यक्ष तथा CEO केभिन वीभरले क्यानडाली शिक्षा प्रणालीको वर्तमान र भविष्य, व्यवहारिक तथा करिअरमुखी शिक्षा, लागू अनुसन्धान (Applied Research) र अन्तर्राष्ट्रिय सहकार्यको महत्वबारे आफ्ना विचार प्रस्तुत गरे। उहाँका प्रेरणादायी शब्द र अनुभवले सहभागीहरूलाई थप उत्साहित बनाएको ICCC ले जनाएको छ।

    ICCC परिवारले श्री वीभरको बहुमूल्य समय, उपयोगी विचार र प्रेरणादायी उपस्थितिप्रति आभार व्यक्त गर्दै यस्ता उच्चस्तरीय भेटघाटले गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

    ICCC का प्रतिनिधिहरूका अनुसार उक्त सत्र जर्जियन कलेज र ICCC बीचको सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण कदम हो। यसले नेपाली विद्यार्थीहरूलाई क्यानडामा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सही र प्रत्यक्ष जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    कार्यक्रम आपसी सहकार्य, विद्यार्थी आवागमन र दीर्घकालीन साझेदारीलाई अझ विस्तार गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend