logo

२०८३ साउन १४ बिहिबार

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं. १ मा घरदैलो अभियान तीव्र

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं. १ मा घरदैलो अभियान तीव्र


हाम्रो राष्ट्र
  • शनिबार, ९ फाल्गुन २०८२
  • 1.7K
    SHARES

    Screenshot

    काठमाडौं : काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत घट्टेकुलोमा आज घरदैलो कार्यक्रम सम्पन्न भएको छ। उम्मेदवार मोहन राज रेग्मीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक आवश्यकता र जनचासोका विषयमा छलफल गर्नुभयो।

    घरदैलोका क्रममा सडक सुधार, सरसफाइ व्यवस्थापन, खानेपानी समस्या समाधान, युवालाई स्वदेशमै रोजगारीको अवसर र आधारभूत सेवाको प्रभावकारी कार्यान्वयनबारे स्थानीयले आफ्ना धारणा राखेका थिए।

    उम्मेदवार रेग्मीले काठमाडौं क्षेत्र नं. १ लाई सुशासित, सुरक्षित र विकासमुखी क्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    घरदैलो अभियान आगामी दिनमा पनि क्षेत्रका विभिन्न टोलमा निरन्तर जारी रहने जनाइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend