गैंडाकोट, नवलपरासी — पूर्वी नवलपरासीका वितरकहरुको विस्तारित भेलाले संस्थाको नाम परिवर्तन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। अब सम्म नवलपरासी पूर्व वितरक संघ का नामले परिचित संस्था आगामी दिनदेखि गैंडाकोट वितरक संघ का नामले सञ्चालन हुनेछ।
वि.सं. २०८१ श्रावण ५ गते स्थापना भएको संस्थाको पुरानो नाम उच्चारण गर्न दोश्रो तथा तेश्रो पक्षलाई कठिनाइ हुने भन्दै नाम संशोधनको प्रस्ताव पेश गरिएको थियो। अध्यक्ष जित बहादुर खनालले संस्थालाई थप पहिचानयोग्य र व्यवहारिक बनाउने उद्देश्यले नाम परिवर्तन गरिएको जानकारी दिए।
यसैबीच, भेलाले वि.सं. २०८२ चैत १४ गते गैंडाकोटमा दोस्रो साधारण सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ। महासचिव पूर्ण खरालका अनुसार साधारण सभा सम्पन्न गर्न कोषाध्यक्ष गुरु प्रसाद नेपाललाई कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend