logo

२०८३ असोज ७ बुधबार

काठमाडौं क्षेत्र नं–१ मा उत्साहजनक माहोल : युवा उम्मेदवार प्रबल थापाको समर्थनमा महिला दिदीबहिनीहरूको व्यापक सहभागिता

काठमाडौं क्षेत्र नं–१ मा उत्साहजनक माहोल : युवा उम्मेदवार प्रबल थापाको समर्थनमा महिला दिदीबहिनीहरूको व्यापक सहभागिता


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ फाल्गुन २०८२
  • 3.4K
    SHARES

    Screenshot

    काठमाडौं  :  नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं–१ मा युवा उम्मेदवार प्रवल थापाको समर्थनमा घरदैलो अभियान उत्साहजनक रूपमा अघि बढिरहेको छ। विशेषगरी महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थितिले चुनावी माहोल थप ऊर्जा र आत्मविश्वासले भरिएको देखिएको छ।

    दैनिक रूपमा सञ्चालन हुँदै आएको घरदैलो कार्यक्रममा टोल–टोलबाट महिला, युवायुवती, दाजुभाइ तथा अग्रज मतदाताहरू स्वस्फूर्त रूपमा सहभागी भइरहेका छन्। उनीहरू उम्मेदवार थापासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना अपेक्षा र सुझाव राखिरहेका छन् भने “रुख” चिन्हमा मतदान गर्न प्रतिबद्धता जनाउँदै समर्थन व्यक्त गरिरहेका छन्।

    घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले क्षेत्रको विकास, सुशासन, पारदर्शिता तथा युवालाई अवसर दिने नेतृत्वको आवश्यकता औंल्याउँदै प्रबल थापा जस्ता ऊर्जाशील र सक्रिय उम्मेदवारप्रति विश्वास व्यक्त गरेका छन्। विशेषगरी महिलाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सुरक्षित समाज निर्माणका विषयमा आफ्ना माग राख्दै थापालाई सशक्त साथ दिने बताएका छन्।

    युवा पुस्ताको उल्लेखनीय सहभागिताले यस क्षेत्रको चुनावी वातावरणलाई थप जीवन्त बनाएको छ। थापा नेतृत्वको टोलीले प्रत्येक टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेको छ। निस्वार्थ भावनाले निरन्तर खटिएका क्रियाशील सदस्यहरूको सक्रियताले अभियानलाई व्यवस्थित र प्रभावकारी बनाएको देखिएको छ।

    अग्रज नेता तथा कांग्रेसमा आस्था राख्ने समर्थकहरूको समेत उल्लेखनीय साथले उम्मेदवार थापाको पक्षमा सकारात्मक माहोल सिर्जना भएको स्थानीयहरू बताउँछन्। एक स्थानीय बासिन्दाले भने, “हामीलाई विकासमुखी, जवाफदेही र युवालाई अवसर दिने नेतृत्व चाहिएको छ। प्रबल थापा त्यसका लागि उपयुक्त उम्मेदवार हुनुहुन्छ।”

    यसरी निरन्तर घरदैलो, जनसम्पर्क तथा प्रत्यक्ष संवादमार्फत अघि बढिरहेको अभियानले काठमाडौँ क्षेत्र नं–१ मा कांग्रेसको चुनावी गतिविधि तीव्र बन्दै गएको संकेत गरेको छ। समर्थकहरूको विश्वास छ—एकताबद्ध प्रयास र जनताको साथले यस पटक सकारात्मक परिणाम सुनिश्चित हुनेछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend