logo

२०८३ साउन २७ बुधबार

Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन


हाम्रो राष्ट्र
  • बुधबार, २७ फाल्गुन २०८२
  • 3.8K
    SHARES

    काठमाडौँ । माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलका विद्यार्थीहरूले प्रस्तुत गरेको नेपाली नाटक ‘दाँतको डोब’ काठमाडौँको गौरीधारास्थित कान्तिपुर फिल्म एकेडेमीमा सफलतापूर्वक मञ्चन गरिएको छ। विद्यालयका करिब ४० जना विद्यार्थी कलाकारहरूको सहभागितामा प्रस्तुत गरिएको नाटकले दर्शकहरूलाई भावनात्मक र सन्देशमूलक नाट्य अनुभव प्रदान गरेको थियो।

    प्रख्यात नेपाली नाटककार खगेन्द्र लामिछानेले लेखेको यस नाटकलाई रंगकर्मी तथा निर्देशक विवेक न्यौपानेले निर्देशन गरेका हुन्। नाटकले समाजका संवेदनशील पक्षहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै मानवीय सम्बन्ध, पीडा र भावनात्मक जटिलतालाई उजागर गर्ने प्रयास गरेको आयोजकले जनाएका छन्।

    विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरूले अभिनय गरेको यस प्रस्तुतीले उनीहरूको सिर्जनशीलता, आत्मविश्वास र कलात्मक अभिव्यक्तिलाई प्रभावकारी रूपमा देखाएको थियो। कार्यक्रम अवलोकन गर्न आएका अभिभावकहरूले विद्यार्थीहरूको अभिनय र प्रस्तुतीको प्रशंसा गर्दै यस्ता गतिविधिहरूले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए।

    विद्यालयका अनुसार ‘दाँतको डोब’को मञ्चनले विद्यार्थीहरूलाई नेपाली साहित्य र रंगमञ्चप्रति रुचि जगाउने मात्र होइन, अनुशासन, सहकार्य र जिम्मेवारीको भावना पनि सिकाउने उद्देश्य राखेको छ।

    आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले विद्यालयस्तरमै थिएटर संस्कृतिको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउनुका साथै विद्यार्थीहरूलाई आफ्नो कलात्मक क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

    Additional News 

    Video Link

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend