logo

२०८३ असोज ७ बुधबार

पराजयलाई नयाँ सुरुवातका रूपमा लिन आग्रह : कांग्रेस कार्यकर्ताद्वारा गगन थापालाई खुला पत्र

पराजयलाई नयाँ सुरुवातका रूपमा लिन आग्रह : कांग्रेस कार्यकर्ताद्वारा गगन थापालाई खुला पत्र


हाम्रो राष्ट्र
  • बुधबार, ४ चैत्र २०८२
  • 2.6K
    SHARES

    पराजयलाई नयाँ सुरुवातका रूपमा लिन आग्रह : कांग्रेस कार्यकर्ताद्वारा गगन थापालाई खुला पत्र

    काठमाडौं । नेपाली कांग्रेसका एक कार्यकर्ताले हालैको चुनावी पराजयलाई निराशाको रूपमा होइन, आगामी राजनीतिक यात्राको नयाँ अध्यायको सुरुवातका रूपमा लिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

    हाल अमेरिकामा रहेका कांग्रेस कार्यकर्ता लोकनाथ अधिकारीले सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडेका कांग्रेस सभापति गगनकुमार थापा लाई सम्बोधन गर्दै खुला पत्रमार्फत यस्तो आग्रह गरेका हुन्।

    उनले उक्त निर्वाचनलाई सामान्य चुनावी प्रतिस्पर्धा मात्र नभई विश्वास, इतिहास र राजनीतिक जिम्मेवारीसँग जोडिएको संघर्षको रूपमा व्याख्या गरेका छन्। परिणाम आफ्नो पक्षमा नआए पनि त्यसलाई अन्तिम सत्यका रूपमा लिन नहुने उनको भनाइ छ। “कहिलेकाहीँ हार नै भविष्यको जितको आधार बन्न सक्छ,” उनले उल्लेख गरेका छन्।

    अधिकारीले नेतृत्वले राजीनामाको विषयमा सोचिरहेको सन्दर्भप्रति संकेत गर्दै वर्तमान अवस्थाको सम्पूर्ण जिम्मेवारी एक व्यक्तिमा मात्रै थोपर्न नमिल्ने बताएका छन्। उनले कठिन अवस्थामा पुगेको कांग्रेसलाई पुनः जनतामाझ स्थापित गर्न नेतृत्वले महत्वपूर्ण प्रयास गरेको दाबी गरेका छन्।

    उनले विद्यार्थी राजनीतिदेखि लोकतान्त्रिक आन्दोलनसम्मको सक्रियता, २०६४ को संविधानसभा सदस्यको भूमिका, स्वास्थ्य मन्त्री हुँदा गरिएका सुधार प्रयास तथा पछिल्ला प्रतिनिधिसभामा देखिएको स्पष्ट र प्रखर अभिव्यक्तिलाई नेतृत्वको महत्वपूर्ण योगदानका रूपमा उल्लेख गरेका छन्।

    त्यसैगरी, लोकतन्त्रपछिका विभिन्न राजनीतिक शक्तिहरू समयक्रममा कमजोर बन्दै गएको उदाहरण प्रस्तुत गर्दै उनले नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

    उनको सुझाव अनुसार, सरकारका सकारात्मक कामको खुलेर प्रशंसा गर्नुपर्छ भने गलत निर्णयविरुद्ध स्पष्ट रूपमा आवाज उठाउनुपर्छ। साथै संगठनलाई गाउँ–गाउँसम्म सक्रिय बनाउँदै जनतासँग पुनः जोडिनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

    पत्रको अन्त्यमा उनले नेतृत्वलाई निराश नहुन आग्रह गर्दै पार्टीप्रति समर्पित कार्यकर्ताहरूको विश्वास अझै कायम रहेको बताएका छन्।

    “यो यात्राको अन्त्य होइन, अर्को अध्यायको सुरुवात हो,” उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

    Screenshot

    Screenshot

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend