काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।
पार्टीका अनुसार बैठक २०८२ साल चैत्र ६ गते शुक्रबार दिउँसो १ः०० बजे ललितपुरस्थित बी.पी. स्मृति भवनमा बस्ने तय गरिएको छ।
केन्द्रीय कार्यालय, बी.पी. नगर ललितपुरमा आयोजना हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।
यो जानकारी पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल ले जारी गरेका हुन्।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend