logo

२०८३ साउन १३ बुधबार

ग्रेस इन्टरनेशनल बानेश्वरमा यूके एजुकेशन फेयर सम्पन्न, विद्यार्थीमा उच्च उत्साह

ग्रेस इन्टरनेशनल बानेश्वरमा यूके एजुकेशन फेयर सम्पन्न, विद्यार्थीमा उच्च उत्साह


हाम्रो राष्ट्र
  • सोमबार, ९ चैत्र २०८२
  • 637
    SHARES

    काठमाडौं — बानेश्वरस्थित ग्रेस इन्टरनेशनलमा आयोजित यूके एजुकेशन फेयर सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा Study Group नेपालकी पार्टनर सेल्स म्यानेजर प्रिया अग्रवालले भनिन्, “यूके शिक्षा प्रणाली विश्वस्तरीय छ र यसले विद्यार्थीलाई अन्तर्राष्ट्रिय करियर निर्माणमा महत्वपूर्ण अवसर प्रदान गर्छ।”

    The University of Law, UK की Associate Director (South Asia) बिनिता बास्तोलाले भनिन्, “सही मार्गदर्शनका साथ विद्यार्थीले यूकेमा उत्कृष्ट भविष्य निर्माण गर्न सक्छन्।”

    Arden University (Germany & UK) की नेपाल कन्ट्री म्यानेजर नीलम शर्माले भनिन्, “हामी विद्यार्थीमैत्री र व्यावहारिक शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं।”

    UWE Bristol की नेपाल तथा भुटानका लागि कन्ट्री म्यानेजर ईशा भूमि श्रेष्ठले भनिन्, “गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय exposure हाम्रो प्राथमिकता हो।”

    OIEG का प्रतिनिधि आश्मित थापाले विभिन्न अध्ययन कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीलाई सूचित निर्णय लिन आग्रह गरे।

    कार्यक्रमको समापनमा ग्रेस इन्टरनेशनल बानेश्वरकी शाखा प्रबन्धक रमला भण्डारीले सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, “हामी यस्ता जानकारीमूलक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएका छौं र आगामी दिनहरूमा अझ व्यापक रूपमा सञ्चालन गर्नेछौं।”

    ग्रेस इन्टरनेशनल समूहले हाल ११ देशमा ५१ वटा कार्यालय सञ्चालन गर्दै आएको छ भने नेपालमा मात्रै २१ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। काठमाडौं उपत्यकामा नयाँ बानेश्वर (Regional Head Office), पुतलीसडक, बागबजार, कुमारिपाटी र बुद्धनगर (Head Office) रहेका छन्। त्यस्तै पूर्व, मध्य र पश्चिम नेपालका विभिन्न शहरहरूमा समेत यसको शाखा विस्तार भएको छ, जसले देशभरका विद्यार्थीलाई सहज रूपमा परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।

    कार्यक्रममा विद्यार्थीहरूले छात्रवृत्ति, कोर्स छनोट, भिसा प्रक्रिया तथा करियर अवसरबारे प्रत्यक्ष परामर्श लिने अवसर पाएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend