logo

२०८३ साउन १४ बिहिबार

नेपाल प्रजातान्त्रिक महासंघको छैटौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपाल प्रजातान्त्रिक महासंघको छैटौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, १२ चैत्र २०८२
  • 1.5K
    SHARES

    Screenshot

    काठमाडौं : नेपाल प्रजातान्त्रिक महासंघको छैटौं वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम महासंघका अध्यक्ष गोविन्द शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन महासंघका महासचिव भक्तराज भुसालले गर्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति गगन थापालाई निमन्त्रणा गरिएको थियो। केन्द्रीय बैठकका कारण उहाँ उपस्थित हुन नसकेपछि उहाँले केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईंलाई शुभकामना सन्देशसहित कार्यक्रममा पठाउनुभएको थियो। कार्यक्रममा प्रमोदहरि गुरागाईं विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। अतिथिमा वाग्मती प्रदेश सदस्य सबिन तामाङ रहनुभएको थियो।

    त्यसैगरी, बीपी चिन्तन प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद ढकाल, महासचिव देवी आचार्य लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। महासंघका केन्द्रीय सदस्यहरू केदारनाथ गौतम, लेखनाथ पौडेल, पुष्पबहादुर पौडेल लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

    जिल्ला तहबाट नुवाकोट जिल्ला अध्यक्ष हरि सिटौला, काठमाडौं जिल्ला सदस्य खगेन्द्र न्यौपाने, काठमाडौं महानगरपालिका–१८ का वडा सभापति हिराकाजी प्रजापति, तारकेश्वर–५ का सभापति शम्भु फुयाल, काठमाडौं–७ (ख) का उपसभापति बलराम लामा, समाजसेवी सिताराम पौडेल र सूर्यनाथ कोइराला लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य महासंघका प्रवक्ता शिवप्रसाद सिँखडाले राख्नुभएको थियो भने धन्यवाद ज्ञापन सुदूरपश्चिम प्रदेश संयोजक गोविन्दराम परियारले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासंघका कोषाध्यक्ष एकनारायण उपाध्यायले गर्नुभएको थियो।

    कार्यक्रममा सहभागीहरूले शुभकामना तथा सुझाव राख्दै नेपाली कांग्रेस एकढिक्का हुनुपर्ने, एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र सामाजिक सञ्जालमा नेताहरूलाई अनावश्यक टिप्पणी तथा गालीगलौज नगर्नुपर्ने सुझाव दिएका थिए।

    विशिष्ट अतिथि प्रमोदहरि गुरागाईंले नेपाली कांग्रेस दालमोठ–चिउरा खाएर बनेको पार्टी भएकाले सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।

    कार्यक्रमको अन्त्यमा वार्षिकोत्सवको अवसरमा केक काटेर कार्यक्रम समापन गरिएको थियो। आगामी दिनमा सातै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम गर्ने योजना रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो। कार्यक्रमपछि खाजासहित सहभागीहरू बिदा भएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend