logo

२०८३ साउन १४ बिहिबार

नेता रमेश लेखक पक्राउ प्रकरणमा कांग्रेसको आन्दोलन नगर्ने निर्णय, कानुनी प्रक्रियामा विश्वास गर्न आग्रह

नेता रमेश लेखक पक्राउ प्रकरणमा कांग्रेसको आन्दोलन नगर्ने निर्णय, कानुनी प्रक्रियामा विश्वास गर्न आग्रह


हाम्रो राष्ट्र
  • शनिबार, १४ चैत्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौं — नेपाली कांग्रेस ले आफ्ना नेता रमेश लेखक पक्राउको विरोधमा तत्काल आन्दोलनमा नजाने निर्णय गरेको छ। पार्टीको आन्तरिक छलफलपछि कांग्रेसले लोकतान्त्रिक मुलुकमा कानुनी प्रक्रिया र छानबिनलाई सम्मान गर्नुपर्ने निष्कर्षसहित आन्दोलनका कार्यक्रम घोषणा नगर्ने निर्णय गरेको हो।

    पार्टीका नेताहरूले शङ्का लागेपछि छानबिन हुनु लोकतान्त्रिक प्रणालीको स्वाभाविक प्रक्रिया भएको बताएका छन्। कानुन सबैका लागि समान हुने भएकाले अनुसन्धानलाई सहयोग गर्नुपर्ने र कानुनी प्रक्रियाबाट सत्य–तथ्य बाहिर आउने विश्वास कांग्रेसको रहेको छ।

    कांग्रेसले एक धारणा सार्वजनिक गर्दै अहिले सडक आन्दोलनमा जानुपर्ने अवस्था नरहेको जनाएको छ। पार्टीले आफ्ना नेता रमेश लेखक पक्राउको विषयलाई कानुनी र राजनीतिक दुवै दृष्टिकोणबाट हेरिरहेको उल्लेख गर्दै न्यायिक प्रक्रियाबाट सत्य स्थापित हुने विश्वास व्यक्त गरेको छ।

    यसै सन्दर्भमा कांग्रेसले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सम्बन्धी विषयमा पनि कानुनी प्रक्रियालाई नै अगाडि बढ्न दिनुपर्ने धारणा राखेको छ। लोकतन्त्रमा कानुनभन्दा माथि कोही पनि नहुने भन्दै कांग्रेसले कानुनी राज्यको सिद्धान्तलाई सबैले सम्मान गर्नुपर्ने जनाएको छ।

    कांग्रेसका नेताहरूले भावनामा बगेर आन्दोलन गर्ने भन्दा पनि विधि, प्रक्रिया र कानुनको शासनलाई बलियो बनाउनु आजको आवश्यकता भएको बताएका छन्। पार्टीले कार्यकर्ता तथा शुभेच्छुकहरूलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र कानुनी प्रक्रियालाई सहयोग गर्न आग्रह गरेको छ।

    कांग्रेसले लोकतन्त्रमा न्यायपालिका, अनुसन्धान निकाय र कानुनी संयन्त्रलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताउँदै सत्य–तथ्यका आधारमा दोषी देखिए कानुन अनुसार कारबाही र निर्दोष देखिए न्याय मिल्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend