logo

२०८३ साउन १४ बिहिबार

नेपाल समुद्रपार निकासी पैठारी संघको ४५ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल समुद्रपार निकासी पैठारी संघको ४५ औं वार्षिक साधारण सभा सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, २४ चैत्र २०८२
  • 2.2K
    SHARES

    काठमाडौं,  नेपाल समुद्रपार निकासी पैठारी संघ (NFTA) को ४५ औं वार्षिक साधारण सभा काठमाडौंस्थित होटल ह्यात सेन्ट्रिकमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष श्री शिवकुमार अग्रवालले विभिन्न क्षेत्रबाट प्राप्त सुझाव तथा मार्गदर्शनलाई संघको भावी कार्यदिशामा समावेश गर्दै व्यावसायिक हित संरक्षणमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य माननीय गणेश पराजुलीले सरकार र निजी क्षेत्रबीच सहकार्य अभाव हुँदा नीतिगत असन्तुलन देखिने उल्लेख गर्दै दुवै पक्ष एउटै मञ्चमा बसेर नीति समन्वय गर्नु आजको आवश्यकता भएको बताउनुभयो।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले हाल देखिएको तरलता अभाव तथा नीतिगत चुनौती समाधानका लागि महासंघ र विभिन्न व्यापारिक संघसंस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

    नेपाल उद्योग परिसंघका अध्यक्ष श्री वीरेन्द्रराज पाण्डेले निर्यात–आयात प्रक्रियालाई सहज बनाउन सीमापार व्यापारमा रहेका प्रशासनिक जटिलता तत्काल हटाउनुपर्नेमा जोड दिनुभयो।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री कमलेश कुमार अग्रवालले कर प्रणालीलाई व्यापारमैत्री बनाउँदै राजस्व चुहावट नियन्त्रण र वैधानिक व्यवसाय प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभयो।

    कार्यक्रममा बंगलादेशका राजदूत महामहिम एम.डी. सफिकुर रहमान, श्रीलंकाकी राजदूत महामहिम रुवान्थी डेलपिटियाम्यानमारका राजदूत महामहिम थान्ट सिनले क्षेत्रीय व्यापारिक सम्बन्ध सुदृढ बनाउन आफूहरू तत्पर रहेको संकेत गर्नुभयो।

    कार्यक्रममा संघका अनुभवी तथा विशिष्ट पूर्व अध्यक्षहरू र सल्लाहकारहरूको पनि गरिमामय उपस्थिति रहेको थियो।

    कार्यक्रममा विभिन्न सरकारी विभागका महानिर्देशकहरू, संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाएको थियो।

    अन्त्यमा, संघका प्रथम उपाध्यक्षले उपस्थित सम्पूर्ण अतिथि तथा पूर्व अध्यक्षहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमबाट प्राप्त सुझावहरूमा थप छलफलका लागि रात्रीभोजमा आमन्त्रण गर्दै सभा समापन गर्नुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend