logo

२०८३ असोज ७ बुधबार

बेलायतमा अध्ययनको उत्कृष्ट अवसर: SRUC मार्फत कृषि र दिगोपनमा भविष्य निर्माण

बेलायतमा अध्ययनको उत्कृष्ट अवसर: SRUC मार्फत कृषि र दिगोपनमा भविष्य निर्माण


हाम्रो राष्ट्र
  • बिहिबार, २६ चैत्र २०८२
  • 3K
    SHARES

    काठमाडौं —शैक्षिक वर्ष २०२६ लाई लक्षित गर्दै बिज एजुकेशनले नेपाली विद्यार्थीहरूका लागि बेलायतमा उच्च शिक्षा अध्ययनका अवसरहरूलाई अझ सक्रिय रूपमा अघि बढाइरहेको छ। यस क्रममा स्कटल्याण्डको प्रतिष्ठित स्कटल्याण्ड्स रुरल कलेज (SRUC) लाई कृषि, दिगोपन (sustainability) र वातावरण विज्ञानमा रुचि राख्ने विद्यार्थीहरूका लागि उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

    SRUC एक अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ शैक्षिक संस्था हो, जसले शिक्षा, अनुसन्धान र परामर्शलाई एकीकृत गर्दै जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। स्कटल्याण्डका विभिन्न आकर्षक क्याम्पसहरूमा यसले स्नातकदेखि स्नातकोत्तर तहसम्मका व्यावहारिक र अनुसन्धानमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    हालै सम्पन्न “Admission Day 2026” कार्यक्रममा क्षेत्रीय प्रबन्धक (भारत, नेपाल, श्रीलंका र बंगलादेश) हिराक मण्डलले SRUC को शिक्षा प्रणाली उद्योगमुखी र व्यवहारिक रहेको उल्लेख गरे। उनका अनुसार SRUC ले विद्यार्थीहरूलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी वास्तविक कार्यक्षेत्रसँग जोड्ने, अनुसन्धानमा आधारित सिकाइ प्रदान गर्ने तथा उद्योगसँगको सहकार्यमार्फत विश्वस्तरीय करियरका लागि तयार पार्ने लक्ष्य लिएको छ।

    बिज एजुकेशनले नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययन प्रक्रियामा सहज बनाउन निरन्तर सहयोग गर्दै आएको छ। यस्ता Admission Day जस्ता कार्यक्रममार्फत विश्वविद्यालय छनोटदेखि आवेदन, भिसा कागजात तयारी लगायतका सम्पूर्ण प्रक्रियालाई सरल र व्यवस्थित बनाउने प्रयास गरिँदै आएको छ।

    बेलायतमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले विशेषज्ञ परामर्श तथा थप जानकारीका लागि बिज एजुकेशनको गट्ठाघर वा पुतलीसडकस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend