logo

२०८३ साउन १३ बुधबार

३६० एजुकेशनद्वारा काठमाडौंमा ‘मल्टिडेस्टिनेशन स्कलरशिप डे’ सम्पन्न

३६० एजुकेशनद्वारा काठमाडौंमा ‘मल्टिडेस्टिनेशन स्कलरशिप डे’ सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, १५ बैशाख २०८३
  • 598
    SHARES

    काठमाडौं – ३६० एजुकेशनले आफ्नो कमलपोखरीस्थित कार्यालयमा ‘मल्टिडेस्टिनेशन स्कलरशिप डे’ सफलतापूर्वक आयोजना गरेको छ। नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षाको अवसरसँग जोड्ने उद्देश्यले आयोजित यस कार्यक्रममा अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, फिनल्याण्ड, थाइल्याण्ड र न्युजिल्याण्डका सात प्रमुख शैक्षिक गन्तव्यका विश्वविद्यालयहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा विद्यार्थी र विश्वविद्यालयका प्रतिनिधिहरूबीच प्रत्यक्ष र व्यक्तिगत परामर्श सत्रहरू सञ्चालन गरिएको थियो। विद्यार्थीहरूले आफ्नो शैक्षिक भविष्यका बारेमा स्पष्टता प्राप्त गर्नुका साथै विभिन्न विश्वविद्यालयहरूबाट शतप्रतिशतसम्मको छात्रवृत्ति र आवेदन शुल्क मिनाहा (Application Fee Waiver) जस्ता महत्वपूर्ण अवसरहरूका बारेमा जानकारी प्राप्त गरेका थिए। यसका साथै, प्रारम्भिक चरणमा आवेदन दिने विद्यार्थीहरूका लागि निःशुल्क आईईएलटीएस (IELTS) कक्षा र अन्य उपहारहरूको पनि व्यवस्था गरिएको थियो।

    उक्त अवसरमा म्याक्वेरी युनिभर्सिटीका सिनियर कन्ट्री म्यानेजर अल्कायत हुसेन, युनिभर्सिटी अफ एडिलेडका अनुप श्रेष्ठ, र सियाम युनिभर्सिटी थाइल्याण्डका कार्यकारी उपाध्यक्ष ली पल्फोर्ड लगायतका शिक्षाविद्हरूको उपस्थिति रहेको थियो। त्यस्तै, युनिभर्सिटी अफ भासा (फिनल्याण्ड) का देवेन्द्र कार्की, अल्गोमा युनिभर्सिटीका रोशन भट्टराई, हर्जिंग युनिभर्सिटी र लिम कलेजका आशना श्रेष्ठ, तथा एभिला युनिभर्सिटीका जुगल आचार्यले विद्यार्थीहरूलाई परामर्श प्रदान गर्नुभएको थियो।

    कार्यक्रमको समापनमा ३६० एजुकेशनकी मार्केटिङ एक्जुकेटिभ सुजिता श्रेष्ठले सहभागी विश्वविद्यालयका प्रतिनिधिहरू र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। विद्यार्थीहरूको उत्साहजनक सहभागिता र उनीहरूको विदेशमा उच्च शिक्षा हासिल गर्ने प्रतिबद्धताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको उहाँले बताउनुभयो। ३६० एजुकेशनले आगामी दिनहरूमा पनि नेपाली विद्यार्थीहरूलाई सही शैक्षिक मार्गनिर्देशन प्रदान गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend