logo

२०८३ साउन १४ बिहिबार

३६० एजुकेशनको नयाँ शाखा अनामनगरमा विस्तार: सञ्चालनमा आयो अत्याधुनिक शैक्षिक परामर्श केन्द्र

३६० एजुकेशनको नयाँ शाखा अनामनगरमा विस्तार: सञ्चालनमा आयो अत्याधुनिक शैक्षिक परामर्श केन्द्र


हाम्रो राष्ट्र
  • मंगलबार, १५ बैशाख २०८३
  • 1.3K
    SHARES

    काठमाडौं – नेपालको प्रतिष्ठित शैक्षिक परामर्शदाता संस्था ३६० एजुकेशनले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको अनामनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। विद्यार्थीहरूलाई उनीहरूकै पायक पर्ने स्थानबाट अन्तर्राष्ट्रिय स्तरको शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले यो नयाँ शाखाको सुरुवात गरिएको हो।

    शाखाको उद्घाटन समारोहमा ३६० एजुकेशनकी प्रबन्ध निर्देशक (MD) सुप्रिना पौडेलले उपस्थित सम्पूर्ण अतिथि, शिक्षाविद् तथा सञ्चारकर्मीहरूलाई स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा उहाँले ३६० एजुकेशनले विद्यार्थीहरूको सपनालाई मूर्त रूप दिन सधैं गुणस्तरीय र विश्वसनीय सेवामा जोड दिँदै आएको र अनामनगर शाखाले त्यसलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    अनामनगर शाखाको जिम्मेवारी ब्रान्च म्यानेजर आस्था नेपालले सम्हाल्नुभएको छ। शाखाको सुरुवातसँगै अब यस क्षेत्रका विद्यार्थीहरूले विदेश अध्ययनका लागि सही देश र कोर्सको छनोट, अन्तर्वार्ता तयारी (Preparation), छात्रवृत्ति व्यवस्थापन र भिसा प्रक्रियाका लागि दक्ष परामर्शदाताहरूबाट प्रत्यक्ष सहयोग प्राप्त गर्न सक्नेछन्।

    “तपाईंको विदेश अध्ययनको यात्रा अब अझ नजिक र सहज भएको छ,” अनामनगर शाखाले जारी गरेको सन्देशमा भनिएको छ, “हामी विद्यार्थीहरूलाई आवेदनदेखि भिसा प्राप्त गरिसकेपछिसम्मको प्रत्येक चरणमा व्यक्तिगत मार्गदर्शन र सहयोग प्रदान गर्न प्रतिबद्ध छौं।”

    अनामनगर शाखाले विशेष गरी अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र युरोपका विभिन्न देशहरूमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी परामर्श सेवा सुरु गरेको छ। नयाँ शाखाको उद्घाटनसँगै ३६० एजुकेशनले आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend