logo

२०८३ साउन १५ शुक्रबार

थ्री नेसन्स कपमा लाओसविरुद्ध नेपालको अग्रता

थ्री नेसन्स कपमा लाओसविरुद्ध नेपालको अग्रता


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उद्घाटन खेलमा लाओसविरुद्ध घरेलु टिम नेपालले सुरुवाती अग्रता बनाएको छ । अनन्त तामाङले गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाए ।

    दशरथ रंगशालामा सुरू भएको खेलको ३०औँ मिनेटमा अनन्तले हेडर गोल गरे । उनले नविन लामाले प्रहार गरेको कर्नर बललाई हेडबाट गोल गरेका हुन् ।

    यसअघि एरिक विष्टले खेलको १८औँ मिनेटमा दिएको पासलाई पुजनले गरेको प्रहार पोष्टभन्दा माथिबाट बाहिरिएपछि नेपालले अग्रता बनाउने मौका गुमायो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend