लन्डनस्थित युनिभर्सिटी अफ रोह्याम्पटनको आयोजना तथा ‘द अफिसियल रिप्रिजेन्टेटिभ’ को व्यवस्थापनमा काठमाडौँको बागमती बलरुममा “भाइस चान्सलर मिट एन्ड ग्रीट २०२६” भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा युनिभर्सिटी अफ रोह्याम्पटनका भाइस चान्सलर प्रो. जीन-नोएल इजिङ्गोर्डले विश्वविद्यालयहरूबीचको सामूहिक सहकार्यले मात्र दिगो विकास र शैक्षिक समावेशीकरणका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने कुरामा जोड दिनुभयो।
त्यसैगरी, विश्वविद्यालयकी पार्टनर रिलेसन्स एन्ड ग्रोथतर्फकी कार्यकारी निर्देशक विधी मिस्त्रीले नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रा र करियरलाई सुरक्षित बनाउन आफूहरूले आधुनिक शैक्षिक कार्यक्रम र बलियो सहयोग संयन्त्रलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।
विश्वविद्यालयका ग्रुप डाइरेक्टर (कमर्सियल) गिलाउमे रिचार्डले रोह्याम्पटनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पेसागत क्षमता अभिवृद्धि गर्न बजार अनुकूल व्यावहारिक पाठ्यक्रमहरूमा लगानी बढाउँदै लगेको जानकारी दिनुभयो।
दक्षिण एसियाका लागि क्षेत्रीय प्रबन्धक टम गिरान्डोनले योग्य नेपाली विद्यार्थीहरूलाई बेलायतको उच्च शिक्षामा सहज पहुँच पुर्याउन स्थानीय परामर्शदाताहरूसँगको समन्वयलाई अझ मजबुत बनाइने बताउनुभयो।
युनिभर्सिटी अफ रोह्याम्पटनलाई सहयोग गर्दै आउनुभएका द अफिसियल रिप्रिजेन्टेटिभका मार्केटिङ म्यानेजर नीरज गुरुङले नेपाली विद्यार्थी र बेलायती शैक्षिक प्रणालीबीचको दूरी कम गर्न आफूहरू निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै द अफिसियल रिप्रिजेन्टेटिभ लिमिटेडका सीईओ एवं संस्थापक डा. दीपक खड्काले नेपाली बजार र विद्यार्थीहरू प्रति देखाएको निरन्तर विश्वासका लागि रोह्याम्पटन टोलीप्रति आभार व्यक्त गर्दै पारदर्शी र व्यावसायिक परामर्श सेवामार्फत विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सहयोग गर्ने सम्पूर्ण एजेन्ट तथा शैक्षिक परामर्शदाताहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend