logo

२०८३ असोज ६ मंगलबार

शैक्षिक परामर्श क्षेत्रमा भइरहेको अनुगमन बारे (AECAN) को आधिकारिक धारणा।

शैक्षिक परामर्श क्षेत्रमा भइरहेको अनुगमन बारे (AECAN) को आधिकारिक धारणा।


हाम्रो राष्ट्र
  • आइतबार, ३ जेष्ठ २०८३
  • 3.2K
    SHARES

    सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (AECAN) जापानलाई गन्तव्य मुलुक बनाएर परामर्श दिने शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन हो। हालैका दिनहरूमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा अन्य सुरक्षा र प्रशासनिक निकायहरूबाट विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा भइरहेको अनुगमन, छापा तथा अनुसन्धानप्रति सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (AECAN) को गम्भीर ध्यानाकर्षण भएको छ।

    AECAN स्पष्ट रूपमा शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजात प्रयोग तथा अवैध आर्थिक कारोबारको विरोध गर्दै दोषीमाथि कानुन बमोजिम कडा कारबाही हुनुपर्ने धारणा राख्दछ। तर, केही व्यक्ति वा संस्थाको गल्तीका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्ने, मिडिया ट्रायल गर्ने तथा प्रमाण नजुट्दै संस्थाहरूको नाम सार्वजनिक गर्ने कार्यप्रति संघले आपत्ति जनाएको छ।

    शैक्षिक परामर्श क्षेत्रले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जन र मानव पूँजी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

     

    संघले प्रशासनिक त्रुटि, नीतिगत अस्पष्टता र नियतपूर्वक गरिने आपराधिक गतिविधिबीच स्पष्ट कानुनी वर्गीकरण गरी तथ्यमा आधारित, संवेदनशील र न्यायपूर्ण ढंगले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायसँग आग्रह गर्दछ।

    AECAN विधिको शासन, उपभोक्ता संरक्षण तथा विद्यार्थी हितप्रति सदैव प्रतिबद्ध रहेको जानकारी गराउँदै सम्पूर्ण सरोकारवालासँग जिम्मेवार र समन्वयात्मक भूमिका निर्वाह गर्न अपिल गर्दछ।

     

    भवदीय,

    (दामोदर फुयाल)

    महासचिव

    मिति: २०८३/०२/०३

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend