काठमाडौँ, ‘स्टडी कनेक्ट नेपाल’ (SCN) को आयोजनामा राजधानीको कमलादीस्थित आफ्नै मुख्य कार्यालयमा सञ्चालित बहुप्रतीक्षित “ओम्नेस एजुकेशन एड्मिसन टुर – नेपाल” र होटल म्यारियटमा आयोजित एजेन्ट ब्रिफिङ सत्र सफलतापूर्वक सम्पन्न भएको छ। फ्रान्सको दोस्रो ठूलो निजी उच्च शिक्षा समूह ‘ओम्नेस एजुकेशन’ सँगको सहकार्यमा आयोजित यस दुई दिने विशेष कार्यक्रममा १०० भन्दा बढी नेपाली विद्यार्थी तथा अभिभावकहरूले प्रत्यक्ष सहभागिता जनाएका थिए।
कार्यक्रमका लागि फ्रान्सबाट आएका ओम्नेस एजुकेशनका प्रतिनिधिहरू—अन्तर्राष्ट्रिय भर्ना निर्देशक पेकाभेट क्लेमेन्स (PECCAVET Clémence) र दक्षिण एसिया प्रबन्धक मउड ले बार्स (Maud LE BARS) ले फ्रान्सको आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट करियरको सम्भावना, पोस्ट-स्टडी वर्क पर्मिट (पढाइपछिको कार्य अनुमति) र अनिवार्य इन्टर्नसिपका अवसरहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो। विद्यार्थीहरूले फ्रान्सका प्रतिष्ठित कलेजहरू जस्तै INSEEC बिजनेस स्कूल, ECE इन्जिनियरिङ स्कूल र ESCE इन्टरनेशनल बिजनेस स्कूलमा उपलब्ध बिजनेस, इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्स (AI), सूचना प्रविधि र क्रिएटिभ इन्डस्ट्रिज जस्ता विधाहरूमा वान-अन-वान काउन्सिलिङ (प्रत्यक्ष परामर्श) लिएका थिए।
एड्मिसन टुरकै निरन्तरता स्वरूप आज मे १८ तारिखका दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म काठमाडौँ म्यारियट होटलमा एक विशेष ‘एजेन्ट ब्रिफिङ तथा नेटवर्किङ सेसन’ को समेत आयोजना गरियो। उक्त सत्रमा नेपालका अग्रणी शैक्षिक परामर्शदाता तथा कलेजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्टडी कनेक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रकाश ढकालले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य हाम्रा सह-परामर्शदाता र उद्योगका साझेदारहरूलाई अन्तर्राष्ट्रिय कलेजका प्रतिनिधिहरूबाटै प्रत्यक्ष र आधिकारिक जानकारी उपलब्ध गराउनु हो। हाम्रो स्थानीय नेटवर्कलाई वैश्विक शैक्षिक मापदण्डसँग जोड्दै हामी नेपाली विद्यार्थीहरूलाई फ्रान्सका ‘ग्रेड डी मास्टर’, CTI र AMBA जस्ता प्रतिष्ठित सरकारी मान्यता प्राप्त शैक्षिक डिग्रीहरू हासिल गर्ने सही मार्गनिर्देशन सुनिश्चित गर्दछौँ।”
ब्रिफिङ पश्चात आयोजित नेटवर्किङ सेसनमा कलेज प्रतिनिधि र नेपाली परामर्शदाताहरूबीच विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति र भिसा प्रक्रियालाई अझ सहज र व्यवस्थित बनाउने विषयमा फलदायी छलफल भएको थियो। यस कार्यक्रमको मिडिया पार्टनरको रूपमा Jupiter Media रहेको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend