logo

२०८३ साउन १३ बुधबार

एजुकेशन म्याटर्सद्वारा काठमाडौंमा “इन्टरनेशनल एजुकेशन शोकेश २.०” भव्य रूपमा सम्पन्न

एजुकेशन म्याटर्सद्वारा काठमाडौंमा “इन्टरनेशनल एजुकेशन शोकेश २.०” भव्य रूपमा सम्पन्न


हाम्रो राष्ट्र
  • बिहिबार, ७ जेष्ठ २०८३
  • 2.6K
    SHARES

    काठमाडौं, २० मे २०२६ – एजुकेशन म्याटर्सको आयोजनामा आज काठमाडौंको बागबजारस्थित आफ्नै केन्द्रिय कार्यालयमा “इन्टरनेशनल एजुकेशन शोकेश २.०” सफलतापूर्वक सम्पन्न भएको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको उक्त बृहत शैक्षिक मेलामा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने उल्लेख्य संख्यामा विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

    शैक्षिक मेलाले विश्वव्यापी अध्ययनका अवसरहरूका लागि एकै थलोमा विस्तृत प्लेटफर्म प्रदान गरेको थियो। कार्यक्रममा अमेरिका, संयुक्त अधिराज्य (यूके), क्यानडा, अष्ट्रेलिया, न्यूजील्याण्ड, युरोप, दक्षिण कोरिया र जापानका प्रतिष्ठित शिक्षण संस्थाहरूमा रहेका अवसरहरूबारे सिधै जानकारी गराइएको थियो। मेलामा सहभागी विद्यार्थीहरूले भर्ना प्रक्रिया, आवश्यक योग्यता, छात्रवृत्ति र आवेदन प्रक्रियाका बारेमा विज्ञ परामर्शदाताहरूबाट विशेष वान-अन-वान (व्यक्तिगत) काउन्सिलिङ प्राप्त गरेका थिए। यसका साथै, मेलालाई थप आकर्षक बनाउन लक्की ड्र, बिशेष अफरहरू र आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको थियो।

    कार्यक्रमको भव्य समापनपछि एजुकेशन म्याटर्सका प्रबन्ध निर्देशक एवं सीईओ (CEO) डि. राज धितालले यस कोसेढुङ्गा सावित कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार प्रकट गर्नुभयो। उहाँले मेलामा सहभागी भई विद्यार्थीहरूलाई प्रत्यक्ष र आधिकारिक परामर्श प्रदान गर्नुहुने विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। साथै, प्रबन्ध निर्देशक धितालले उत्साहजनक रूपमा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यार्थीहरूको वैदेशिक शैक्षिक यात्रालाई पारदर्शी, भरपर्दो र सहज बनाउन एजुकेशन म्याटर्स सधैं प्रतिबद्ध रहने पुनरावृत्ति गर्नुभयो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend