logo

२०८३ असोज ७ बुधबार

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कपमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार नेपालले आफ्नो पहिलो खेलमा पहुना टोली लाओसलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ । नेपालका लागि नवयुग श्रेष्ठ र अनन्त तामाङले गोल गरेका थिए ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको ३० औं मिनेटमा नेपालका अनन्त तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । नविन लामाको कर्नरमा अनन्तले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको नेपालले ५६ औं मिनेटमा अग्रता दोब्बर बनायो । नेपालको लागि स्ट्राइकर नवयुगले करिव ३५ यार्डबाट प्रहार गरेको बबलले सिधै जाली चुमेको थियो ।

    नवयुगले प्रहार गरेको बलमा लाओसको गोलरक्षकले सेसाभाथ सौभान्शोकले जज गर्न नसक्दा सिधै गोल भएको थियो । जितसँगै नेपालले तीन अंक जोडेको छ । प्रतियोगितामा आयोजक नेपालसँगै लाओस र भुटान रहेको छ । प्रतियोगिताको विजेताले पाँच हजार डलर पाउँदा उपविजेताले तीन हजार डलर पाउनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend