
काठमाडौँ: नेपाली विद्यार्थीहरूलाई विश्वका विभिन्न प्रतिष्ठित देशहरूमा उच्च शिक्षा हासिल गर्ने मार्गप्रशस्त गर्ने उद्देश्यका साथ कनेक्ट ग्लोब एजुकेसन ग्रुप (CGEG) ले आज (जुन ५, २०२६) काठमाडौँको पुतलीसडकस्थित आफ्नै कार्यालय परिसरमा ‘सिजिइजी मल्टि-डेस्टिनेसन एजुकेसन फेयर २०२६’ (CGEG Multi-Destination Education Fair 2026) को आयोजना गरेको छ।
यो शैक्षिक मेला कुनै एक देशमा मात्र सीमित नभई बहु-गन्तव्यमुखी रहेको छ। मेलामा विशेषगरी भर्खरै कक्षा १२ (+2) को परीक्षा दिएर बसेका विद्यार्थीहरूले अमेरिका (USA), क्यानडा (Canada), बेलायत (UK), अष्ट्रेलिया (Australia), न्युजिल्यान्ड (New Zealand) र युरोप (विशेषगरी माल्टा, फिनल्याण्ड, फ्रान्स र जर्मनी) जस्ता प्रमुख शैक्षिक गन्तव्यहरूमा अध्ययनका लागि उपलब्ध अवसरहरूको बारेमा विस्तृत जानकारी प्राप्त गरेका छन्।
बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सञ्चालन भएको यस एक दिने मेलामा विद्यार्थी तथा अभिभावकहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूसँग प्रत्यक्ष (वन्-अन्-वन्) परामर्श लिने अवसर पाएका थिए। मेलामा बेलायतका शीर्ष विश्वविद्यालयहरूको ठूलो उपस्थिति रहेको थियो, जसमा युनिभर्सिटी अफ एबरडिन, युनिभर्सिटी अफ बाथ, कार्डिफ युनिभर्सिटी, डरहम युनिभर्सिटी, किंग्स्टन युनिभर्सिटी लन्डन, युनिभर्सिटी अफ लिड्स, लिड्स बेकेट युनिभर्सिटी, लिभरपुल जोन मुर्स युनिभर्सिटी, रोयल हलोवे, युनिभर्सिटी अफ सेफिल्ड, युनिभर्सिटी अफ स्ट्रैथक्लाइड, युनिभर्सिटी अफ सरे, युनिभर्सिटी अफ ससेक्स र युनिभर्सिटी अफ हडर्सफिल्ड जस्ता संस्थाहरू सामेल छन्। यी प्रतिनिधिहरूले भर्ना प्रक्रिया, छात्रवृत्ति, कोर्स छनोट, भिसा प्रक्रिया र विदेशको विद्यार्थी जीवनबारे परामर्श दिएका थिए।
मेलामा पारिवारिक सहभागिताको महत्त्वमाथि जोड दिँदै कनेक्ट ग्लोब एजुकेसन ग्रुप (CGEG) का निर्देशक सुरज सिलवालले विद्यार्थीहरूलाई आफ्ना अभिभावकसहित उपस्थित हुन विशेष आग्रह गर्नुभएको थियो।
निर्देशक सिलवालले भन्नुभयो, “म सबै विद्यार्थीहरूलाई आफ्ना अभिभावकसहित यो मेलामा आउन प्रोत्साहन गर्दछु। काउन्सिलिङ सेसनमा अभिभावकको पनि उपस्थिति हुँदा परिवारले आर्थिक, शैक्षिक र प्रक्रियागत हरेक पक्षलाई सामूहिक रूपमा बुझ्न र मूल्याङ्कन गर्न पाउँछन्। यसले विद्यार्थीको वैदेशिक शिक्षाको सन्दर्भमा एउटा सचेत र आत्मविश्वासपूर्ण निर्णय लिन मद्दत पुग्छ।”
यस शैक्षिक यात्रामा विद्यार्थीहरूलाई थप प्रोत्साहन दिन सिजिइजी (CGEG) ले मेलामा सहभागी हुनेहरूका लागि मात्र लागू हुने गरी विभिन्न विशेष अफरहरूको घोषणा गरेको थियो। जसअन्तर्गत, पहिले दर्ता गर्ने २० जना +२ का विद्यार्थीहरूका लागि IELTS र PTE तयारी कक्षामा १००% छुट (निःशुल्क कक्षा) को व्यवस्था गरिएको थियो। यसका साथै मेला अवधिभर यसै संस्थामार्फत आवेदन प्रक्रिया अघि बढाउने विद्यार्थीहरूको सम्पूर्ण प्रोसेसिङ शुल्क (Processing Cost) पूर्ण रूपमा मिनाहा गरिएको छ।
शैक्षिक अफरका अतिरिक्त आयोजकले आगन्तुकहरूका लागि विभिन्न आकर्षणहरू पनि राखेका थिए। जसमा सुरुमा आउने १० जना विद्यार्थीहरूका लागि निःशुल्क फुड भौचर, २० जना विद्यार्थीका लागि मुभी टिकट र १० जोडी विद्यार्थीहरू (Student Couples) का लागि २० वटा केबलकार तथा नाभी टिकट (Cable Car and Movie Tickets) प्रदान गरिएको थियो।
यस मेला र परामर्श सम्बन्धी थप विस्तृत जानकारीका लागि पुतलीसडकस्थित सिजिइजीको कार्यालयमा सिधै सम्पर्क गर्न वा फोन नम्बर +977-015900499, ह्वाट्सएप/वाइबर ९८०२३४७७९०/९१/९४/९५ एवं इमेल info.cgeg@gmail.com मार्फत बुझ्न सकिने आयोजकले जनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend