logo

२०८३ साउन १३ बुधबार

काठमाडौँमा भोलि ‘ब्रिलियन्ट एजुकेशन इन्फर्मेसन डे २०२६’ आयोजना हुँदै, देशव्यापी सञ्जाल विस्तार

काठमाडौँमा भोलि ‘ब्रिलियन्ट एजुकेशन इन्फर्मेसन डे २०२६’ आयोजना हुँदै, देशव्यापी सञ्जाल विस्तार


हाम्रो राष्ट्र
  • शनिबार, २३ जेष्ठ २०८३
  • 1K
    SHARES

    काठमाडौँ, २३ जेठ (२०८३): वैदेशिक अध्ययन परामर्श क्षेत्रमा विगत २२ वर्षदेखि क्रियाशील ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिसेज प्रा.लि. को आयोजनामा भोलि जेठ २४ गते आइतबार काठमाडौँको पुतलीसडकस्थित प्रधान कार्यालयमा वृहत् ‘शैक्षिक जानकारी दिवस २०२६’ (Education Information Day 2026) आयोजना हुन गइरहेको छ। “शिक्षा सबैको लागि, पहिलो देश अनि विदेश” भन्ने मुख्य अभिप्रायका साथ यो मेला आयोजना गरिएको हो।

    बिहान १०:०० बजेदेखि बेलुकी ४:०० बजेसम्म चल्ने उक्त मेलामा अष्ट्रेलिया, आयरल्याण्ड, बेलायत, अमेरिका, क्यानडा, न्युजिल्याण्ड र युरोपका विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरूसँग विद्यार्थी र अभिभावकले प्रत्यक्ष भेटघाट गर्न सक्नेछन्। मेलामा भर्ना, छात्रवृत्ति, भिसा प्रक्रिया र भाषा कक्षा (IELTS, PTE, TOEFL) का साथै परीक्षा बुकिङका बारेमा सत्य र तथ्यमा आधारित परामर्श प्राप्त हुनेछ।

     

    सन् २००४ देखि निरन्तर सेवा दिइरहेको ब्रिलियन्ट एजुकेशन नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (ECAN) को आजीवन सदस्य र अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल ICEF को प्रमाणित सदस्य हो। यो संस्था ब्रिटिश काउन्सिल, पियर्सन र टोफेलको आधिकारिक परीक्षा दर्ता केन्द्र पनि हो।

     

    ब्रिलियन्ट एजुकेशनले काठमाडौँ सहित नेपालका प्रमुख सहरहरू हेटौँडा, चितवन, इटहरी, धरान, झापा, धनकुटा, कावासोती, पोखरा, र सुर्खेतमा रहेका शाखाहरू तथा भारतको सिलगुडीस्थित सम्पर्क कार्यालय मार्फत बलियो सञ्जाल विस्तार गरेको छ।

     

    संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र बरालले शैक्षिक परामर्शलाई एक संवेदनशील र सेवामुखी विधा मान्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि सधैँ सत्य सूचना प्रवाह गर्न संस्था प्रतिबद्ध रहेको बताए। उनले सम्पूर्ण सञ्चारकर्मी, विद्यार्थी र अभिभावकहरूलाई मेलामा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend