logo

२०८३ साउन १५ शुक्रबार

पाकिस्तानी दूतावास र पिएनएएनद्वारा काठमाडौंमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तानी दूतावास र पिएनएएनद्वारा काठमाडौंमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना


हाम्रो राष्ट्र
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 520
    SHARES

    काठमाडौं, नेपालस्थित पाकिस्तानी दूतावास र पाकिस्तान नेपाल अलुम्नाई नेटवर्क (PNAN) को संयुक्त आयोजनामा काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४, सितापाइलामा एक दिने ‘नि:शुल्क स्वास्थ्य शिविर’ सम्पन्न भएको छ। शनिबार (१३ जुन) आयोजित उक्त शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    शिविरको अवसरमा पिएनएएन (PNAN) का अध्यक्ष डा. दीपक मिश्रा, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारी, नागार्जुन–४ का वडा अध्यक्ष लक्ष्मी राम शर्माका साथै स्थानीय बुद्धिजीवी तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

    शिविरमा मुख्यतया पाकिस्तानबाट चिकित्सा शास्त्र (MBBS/MD) अध्ययन पूरा गरी फर्किएका नेपाली डाक्टरहरूले स्थानीय ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरू सहित १०० भन्दा बढी बिरामीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्य परीक्षणका साथै बिरामीहरूलाई आवश्यक पर्ने अत्यावश्यक औषधिहरू समेत नि:शुल्क वितरण गरिएको थियो भने थप उपचार आवश्यक भएका केही बिरामीहरूलाई विशेषज्ञ अस्पताल (Tertiary Hospitals) मा प्रेषित (Refer) गरिएको थियो।

    कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीले नगरवासीका लागि यस्तो महत्वपूर्ण स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तानी दूतावास र पिएनएएनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

    त्यस्तै, पिएनएएनका अध्यक्ष डा. दीपक मिश्राले नेपालको स्वास्थ्य क्षेत्रमा पाकिस्तानी दूतावासले पुर्‍याउँदै आएको निरन्तर सहयोग र प्रयासको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रमको अन्त्यमा पाकिस्तानी दूतावासले शिविरलाई सफल बनाउन सहयोग गर्ने पिएनएएनका चिकित्सक टोली र स्थानीय नगरपालिकाप्रति धन्यवाद ज्ञापन गरेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend